ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालन गर्न लागेको श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगबाट उत्पादित हुने दूध तथा दुग्धजन्य उत्पादनहरु बिक्रि गर्न चाहने बिक्रेता, थोक बिक्रेताहरुकालागि उद्योगले कोटेशन माग गरेको छ ।
उद्योगले उत्पादनहरु सोझै प्रशोधन उद्योगको परियोजना स्थलबाट खरिद गरी बिक्री वितरण गर्न इच्छुक बिक्रेता÷थोक बिक्रेताहरुले आफूले बिक्री गर्ने परिमाण र कमिसन समेत उल्लेख गरी कोटेशन पठाउन भनेको छ । उत्पादनहरु बिक्री गर्न चाहने बिक्रेता÷थोक बिक्रेताहरुले सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र शिलबन्दी कोटेशन संंस्थाको मुख्य कार्यालयमा पेश गर्न सूचना प्रकाशन गरेको छ ।
उत्पादन हुने सामाग्रीहरु
१. लालीगुराँस दुध – ५०० मि.लि. (3% FAT,8% SNF) पाउच
२. लालीगुराँस गाईको दुध – ५०० मि.लि.(4% FAT, 8% SNF) पाउच
३. लालीगुराँस दहि – ५०० मि.लि. पाउच
४. लालीगुराँस पनिर – २०० ग्राम, भ्याकुम प्याक
५. लालीगुराँस नौनी ध्यू – ५०० ग्राम पोली प्याक
६. लालीगुराँस मोही – ५०० मि.लि.पाउच
७. लालीगुराँस योगर्ट – २०० मि.लि.कप
८. लालीगुराँस योगर्ट – ५०० मि.लि.कप
९. लालीगुराँस योगर्ट – १००० मि.लि. कप
१०. लालीगुराँस ध्यू – ५०० मि.लि.बट्टा
११. लालीगुराँस ध्यू – १००० मि.लि.बट्टा
Leave a comment