काठमाडौं । लम्कीचुहा नगरपालिकामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले बिउ प्रशोधन तथा भण्डारण गृह भवन निर्माण सम्पन्न गरेको छ । भवनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन् ।
संस्थाले लम्कीचुहा नगरपालिका–४ कौवापुरमा निर्माण गरेको बिउ प्रशोधन तथा भण्डारण गृहको आज मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन् । बिउ प्रशोधन तथा भण्डारण गृहमा सुदुर पश्चिम सरकारको सहयोग रहेको बताइएको छ ।
भवन करिब १ करोड ४१ लाख २ हजार ६६८ रुपयाँ लागत रहेको जनाइएको छ । प्रसोधन केन्द्रले पैति घण्टा २ टन बीय प्रशोधन गर्ने जनाइएको छ । केन्द्रबाट धान, गहुँ, मकै र तोरीको बीउ प्रसोधन हुने जनाइएको छ ।
संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहको अध्यक्षता रहेको कार्यक्रममा लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधि, संस्थाका सञ्चालक समितिका पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, शेयर सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
बिउ प्रशोधन तथा भण्डारण गृहले कृषकहरूलाई गुणस्तरीय बिउ प्रशोधन, सुरक्षित भण्डारण तथा कृषि उत्पादनको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने संस्थाका महाप्रवन्धक डम्बरबहादुर शाहले बताए।
Leave a comment