काठमाडौं । लम्कीचुहा नगरपालिकामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले बिउ प्रशोधन तथा भण्डारण गृह भवन निर्माण सम्पन्न गरेको छ । भवनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन् ।
संस्थाले लम्कीचुहा नगरपालिका–४ कौवापुरमा निर्माण गरेको बिउ प्रशोधन तथा भण्डारण गृहको आज मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन् । बिउ प्रशोधन तथा भण्डारण गृहमा सुदुर पश्चिम सरकारको सहयोग रहेको बताइएको छ ।
भवन करिब १ करोड ४१ लाख २ हजार ६६८ रुपयाँ लागत रहेको जनाइएको छ । प्रसोधन केन्द्रले पैति घण्टा २ टन बीय प्रशोधन गर्ने जनाइएको छ । केन्द्रबाट धान, गहुँ, मकै र तोरीको बीउ प्रसोधन हुने जनाइएको छ ।
संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहको अध्यक्षता रहेको कार्यक्रममा लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधि, संस्थाका सञ्चालक समितिका पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, शेयर सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
बिउ प्रशोधन तथा भण्डारण गृहले कृषकहरूलाई गुणस्तरीय बिउ प्रशोधन, सुरक्षित भण्डारण तथा कृषि उत्पादनको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने संस्थाका महाप्रवन्धक डम्बरबहादुर शाहले बताए।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया