काठमाडौं । बिरुवा भक्तपुरमा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा आगामी असोज ३ गते हुनेभएको छ । संस्थाको संचालक समितिको बैठकले आगामी असोज ३ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको जनाएको हो ।
संस्थाले सूचना प्रकाशन गरी संचालक समितिको बैठकको निर्णयानुसार वार्षिक साधारण सभा असोज ३ गते गर्ने भएकोले संस्थाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ । साथै संस्थामा आवद्ध नियमित बचत नगरेका र ऋणको भाखा नाघेका ऋणी सदस्यहरुले भाखा नाघेको ऋणको किस्ता र व्याज अनिवार्य रुपमा भदौ १५ गते सम्म बुझाउन समेत संस्थाले भनेको छ
अन्यथा त्यस्ता सदस्यलाई साधारण सभामा उपस्थिती नगराइने सूचनाममा उल्लेख छ । असोज ३ गते कूलमाया भगवती माध्यामिक विद्यालय बिरुवामा बिहान १० बजेदेखि सभा सुरु हुने सूचनामा उल्लेख गरिएको छ।
सभामा सेयर लाभांस, संरक्षित पूँजी फिर्ता कोष बितरण, संस्थाको विनियम, आन्तरिक कार्यविधि, निर्देशिका तथा व्यवस्थापन कार्यविधि संशोधन, संस्था एकीकरण, जग्गा खरिद, सभाहल निर्माण, संस्थाको संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, सहकारी संस्थामा देखा परेका जोखिम, लगायतका विभिन्न १३ वटा प्रस्ताव प्रस्तुत हुने संस्थाका प्रमुख कार्यकारी अधिकत सुदर्शन चौलागाइले जनाएका छन् ।
सभामा २०८२ सालको एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने सदस्यका छोरा छोरीलाई पुरस्कृत गरिने भएकोले लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रको फोटोकपी संस्थामा भदौ २० गतेसम्म बुझाउन समेत अनुरोध गरेको छ ।
सूचनाः

Leave a comment