काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १५ वर्ष पूरागरी १६ औं वर्षमा प्रवेश गरेको छ । संस्थाका अध्यक्ष नविन श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले संस्था स्थापनाको १६ वर्ष प्रवेश गरेको अवसरमा सदस्यहरुमा कृतज्ञता व्यक्त गरेका छन् ।
सदस्यहरुको अटुट विश्वास, अमूल्य साथ, सहकार्य र हौसलाबाट संस्थाले १५ वर्ष पुरा गर्नसकेको र सदस्यहरुबीचको विश्वास र सहकार्य, माया र विश्वासले संस्थाको यात्रा सफल भएको उनिहरुको भनाई छ । संस्थामा साउन मसान्तसम्म ३ हजार ९८६ जना सदस्य तथा २८९ जना ऋणी सदस्य रहेका छन् ।
संस्थाको शेयर पूँजी ९ करोड ७५ लाख १९ हजार ८ सय रुपैंयाँ, जगेडा कोष १३ करोड १८ लाख ५३ हजार ५२३ रुपैंयाँ र विभिन्न कोषमा १ करोड ४७ लाख ६० हजार ५३० रुपैंयाँ रहेको जनाएको छ । संस्थाको कुल बचत रकम १ अर्ब ७ करोड ७८ लाख ६६ हजार २३३ रुपैंयाँ र लगानीमा रहेको कर्जा १ अर्ब २० करोड २३ लाख २ हजार ९११ रुपैंयाँ रहको छ ।
त्यसैगरी संस्थागत पूँजी १४ करोड २८ लाख ८० हजार ३३१ रुपैंयाँ र कुल सम्पत्ती १ अर्ब ४८ करोड १२ लाख ११ हजार ३१२ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाका मुख्य कार्यालय काठमाडौमा नयाँ बानेश्वर तथा सेवाकेन्द्र गोठाटारमा रहेको छ भने ललितपुरमा कुमारीपाटी र लुभुमा रहेको छ ।
Leave a comment