हाइलाइट

सुयोग्य साकोसको १९औं वार्षिक साधारणसभा असोज ३ गते हुने

सुयोग्य साकोसको १९औं वार्षिक साधारणसभा असोज ३ गते हुने :: Sahakari Akhabar

काठमाडौं । सेतिओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा आगामी असोज ३ गते हुनेभएको छ । संस्थाको संचालक समितिको बैठकले आगामी असोज ३ गते १९ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको जनाएको हो ।

संस्थाले सूचना प्रकाशन गरी भदौ १ गते बसेको संचालक समितिको २२९ औँ बैठकको निर्णयानुसार १९ औं वार्षिक साधारण सभा असोज ३ गते गर्ने भएकोले संस्थाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

असोज ३ गते लोटस् पार्टी प्यालेस महादेवस्थानमा बिहान साढे ८ बजेदेखि सभा सुरु हुने सूचनामा उल्लेख गरिएको छ । सभामा सेयर लाभांस, संरक्षित पूँजी फिर्ता कोष बितरण, संस्थाको नाममा रहेको गैह््र बैंकिङ सम्पति बिक्रीलगायतका विभिन्न १५ वटा प्रस्ताव प्रस्तुत हुने संस्थाका प्रमुख कार्यकारी अधिकत सुमन कार्कीले जनाएका छन् ।

सूचनाः



Leave a comment