सहकारी, कसैको प्रतिष्पर्धी हैन, पुरक होः अध्यक्ष कंडेल

सहकारी, कसैको प्रतिष्पर्धी हैन, पुरक होः अध्यक्ष कंडेल :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी कसैको प्रतिष्पर्धी नभई पुरक भएको बताएका छन् । सहकारी स्वनियमन, स्व–अनुशासनमा चल्ने भएपनि त्यस्तो हुन नसकेको र नियमनको आवश्यकता महसुस गरेको बताएका हुन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले शनिबार आयोजना गरेको ‘सहकारी र बैंक ÷ वित्तीय संस्थासँग सहकार्य’ विषयक भच्र्युअल छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले सहकारीले ऐनभित्रै रहेर वित्तीय सेवा दिइरहेको बताएका छन् । उनले सहकारीले सदस्यको जीवनस्तर बदल्ने, गरिबी न्यूनिकरण गर्न ध्यान दिएको उनले बताए । ‘संविधानको स्प्रिट अनुसार कानुन संशोधन गरेर सहकारीलाई गतिशिल बनाउन सक्नुपर्छ ’ उनले भने ।

कर्जा सूचना केन्द्रको तयारी अन्तिम चरणमा पुगेको र कर्जा सूचना केन्द्रसँग सहकार्य गरी एक अर्काको सूचना लिन दिने हिसावले काम गर्न सकिने उनको भनाई छ । सहकारी ऐनले पनि कर्जा सूचना केन्द्र स्थापना गर्न अधिकार दिएको कारणले सूचना केन्द्र र कर्जा सुरक्षण कोष छुट्टै चाहिने उनको भनाइ छ ।



Leave a comment