सिवाईसी साकोसको ‘मिस्डकल गर्नुस आफै रिचार्ज हुन्छ’ सेवा सुरु

सिवाईसी साकोसको ‘मिस्डकल गर्नुस आफै रिचार्ज हुन्छ’ सेवा सुरु :: Sahakari Akhabar


बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले मिसकलबाट बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले उक्त सेवाको उद्धघाटन कार्यक्रमका गरी सेवा शुभारम्भको जानकारी दिएको हो ।

संस्थाले मोबाइल फोनमा मिसकल गर्नसाथ स्वतः ब्यालेन्स रिचार्ज हुने सेवा थप गरेको हो । यसअघि एटिएम, मोबाइल बैंकिङ, क्यूआर कोड, ट्ब्यालेट बैंकिङलगायतका सेवा सञ्चालन गरिसकेको छ । सिवाईसीलाई देशकै अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्ने योजनाअनुसार अगाडी बढेको संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।

सहकारीमार्फत सेयर सदस्यहरुलाई अत्याधुनिक सेवा प्रवाह गर्ने लक्ष्यअनुसार मिस्डकलमार्फत रिचार्ज सेवा शुभारम्भ गरिएको अध्यक्ष शर्माको भनाई छ । संस्थाले आफ्ना सेयर सदस्यहरुले अफिसियल नम्बरमा मिसकल गरेर स्वत रिचार्ज सेवा लिन आग्रह गरेको छ । सदस्यहरुलाई घरमै सेवा दिने अभिप्रायले सेवा थप गर्दै गएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले बताए ।



Leave a comment