सहकारी बैंकको नाफा ३६.६९ प्रतिशतले बृद्धि

सहकारी बैंकको नाफा ३६.६९ प्रतिशतले बृद्धि :: Sahakari Akhabar

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले कोरोना त्रासका बीचमा पनि मुनाफामा ३६.६९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा गरेको हो । जुन रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो ।

बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको छ । त्यसैगरी जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ भने खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ । बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार खुद व्याज आम्दानी गरेको बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो । बैंकमा हाल १२ हजार सहकारी संघसंस्था सदस्य रहेका छन, भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए ।



Leave a comment