काठमाडौं । यस वर्षको नेफ्स्कून पत्रकारिता पुरस्कार पत्रकार काजी श्रेष्ठाई दिने घोषणा गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्ती, संघ संस्थाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने गरेको छ ।
संघको साउन ३२ गते ३३ औं स्थापना दिवसको अवसरमा सहकारी खबर डटकमका सम्पादक तथा नेपाल सहकारी पत्रकार समाजका उपाध्यक्ष श्रेष्ठलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।
Leave a comment