घरदैलो नगद संकलन बन्द गर्न कीर्तिपुर सहकारी सञ्जालको आग्रह

घरदैलो नगद संकलन बन्द गर्न कीर्तिपुर सहकारी सञ्जालको आग्रह :: Sahakari Akhabar

काठमाडौं । कीर्तिपुर नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढेपछि कीर्तिपुर सहकारी सञ्जालले सहकारीहरुलाई घरदैलो नगद संकलन कार्य बन्द गर्न आग्रह गरेको छ ।

सञ्जालले विज्ञप्ती जारी गरी कीर्तिपुर नगरपालिका पनि कोरोना संक्रणको उच्च जोखिम भएकोले संक्रमणबाट जोगिनकालागि सञ्जालमा आवद्ध सहकारीकर्मी, सदस्य तथा कीर्तिपुर नगरपालिका भित्र संचालित सहकारी संस्थाहरुलाई साउन २८ गते देखि भदौ ९ गतेसम्म घरदैलो नगद संकलन गर्ने कार्य बन्द आग्रह गरेको हो । साथै सञ्जालले काउण्टर र कार्यालयबाट सुरक्षितसाथ काम सम्पादन गर्न अनुरोध समेत गरेको छ । 
 



Leave a comment