कुमारी साकोसद्धारा सदस्यलाई उपचार खर्चबापत ५० हजार सहयोग

कुमारी साकोसद्धारा सदस्यलाई उपचार खर्चबापत ५० हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सदस्यको उपचार खर्चबापत ५० हजार सहयोग गरेको छ । संस्थाले सदस्य मेनुका शाहलाइ उपचार खर्च स्वरुप ५० हजार सहयोग गरेको हो ।

शाहको अपरेसन खर्च स्वरुप रकम संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले शाहका पति राम शाहलाई चेक हस्तान्तरण गरेका थिए । सदस्य शाहले १४ वर्ष देखि निरन्तर नियमित बचत तथा ऋण सम्बन्धी कारोबार गरी संस्थामा योगदान पुर्याएकी छन् । अध्यक्ष न्यौपानेले सदस्य मेनुका शाहको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

संस्थाले सदस्य मैत्री कार्यक्रम अन्तर्गत प्रत्येक आर्थिक बर्षमा पाँच जना सदस्यलाई नसर्ने घातक रोगहरु (मुटू, मिर्गौला, क्यान्सर, ब्रेनह्याम्रेज जस्ता) रोग लागेको खण्डमा सम्बन्धीत रोग विशेषज्ञ डाक्टरबाट प्रमाणित भई अपरेशन गर्नुपर्ने भएमा उपचार खर्च स्वरुप जनही ५० हजारका दरले राहत रकम उपलव्ध गराउने निणर्य गरेको छ ।



Leave a comment