काठमाडौं । सहकारीमा राखिने कोषहरुको दुरुपयोग हुनथालेपछि त्यसै वर्ष खर्च गरिनेगरी कानुन बन्ने भएको छ । संस्थामा हुने कोष उद्धेश्य अनुसार खर्च नगरी संचालकहरुले मनोपोली गर्न थालेपछि त्यसै वर्ष कानुन बनाएरै खर्च गर्न लगाइने भएको हो ।
सहकारी संघसंस्थाहरुमा रहने विभिन्न कोषहरु मध्येको शिक्षा तालिम कोषमा रहेको रकम पनि त्यसै वर्ष खर्च गरिसक्नुपर्ने कानुन बनाइने भएको हो । सहकारीमा रहने शिक्षा कोषको रकम पनि सदस्यहरुकालागिनै खर्च गर्नुपर्ने कानुन ल्याइने भएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन मस्यौदामा सदस्यहरुलाई तालिम उपलब्ध गराउनका लागि सहकारी शिक्षा कोषको रकम सोही वर्ष उपयोगमा ल्याइसक्नु पर्ने कानूनी ब्यवस्था मिलाइने बताइएको छ ।
Leave a comment