हाइलाइट

नेफ्स्कूनमा मेरा १९ वर्ष १९ दिन

नेफ्स्कूनमा मेरा १९ वर्ष १९ दिन :: Sahakari Akhabar

व्याक्तिगत लाभ एवं स्वार्थका लागि सहकारी संस्था होस वा संघमा प्रवेश गर्ने सञ्चालक एवं कर्मचारीहरु भएमा त्यसले पनि ठूलो दुर्घटना निम्त्याऊँदछ । हालैका दिनकै कतै यस किसिमको संकेत देखिएको पाईएको हुँदा यस तर्फ बौद्धिक जमातले सचेत गराऊन पर्ने हुन्छ । 

- शिव अधिकारी 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बाट यही २०७७ साल साऊन २० गते प्रशासन प्रमुखबाट स्वच्छिक अवकास लिईरहँदा १९ वर्ष १९ दिन बितेछन् । शिक्षण पेशाबाट शुरुवात भएको जागिरे जिवन १९ वर्ष १९ दिनपछि नेफ्स्कूनबाट विश्राम लिएको छ । बिभिन्न स्वदेशी एवं बिदेशी गैह्र सरकारी संस्थामा बिशेष गरी सहकारी, महिला शशिक्तकरण कार्यक्रम सँग सम्वन्धित रही बि.सं २०५८ सालबाट अविच्छिन्न रुपमा नेफ्स्कूनमा फिल्ड कार्यक्रम अधिकृत देखि निमिक्त प्रमुख कार्यकारी अधिकृतका साथै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी निवार्ह गर्ने अवसर पनि प्राप्त भयो ।

नेफ्स्कून २०५८ सालमा 
पहिलो पटक नेफ्स्कूनमा प्रवेश गर्दा, अफिस अनामनगर, काठमाण्डौमा थियो , मासिक ५ हजार घरभाडा तिरिन्थ्यो ।  प्रवन्धक सुमन खनाल हुनुहुन्थ्यो अरु सबै सहायक कर्मचारी, म मात्र अधिकृत थिए । पछि बिस्तारै अधिकृत र अन्य कर्मचारी थप हुँदै गयो, नेफ्स्कूनकै पूर्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कुवेर निरौला म भन्दा २५ दिन पछि अन्तरलगानी अधिकृतमा नियुक्ति हुनु भयो । तत् समयमा आवद्ध सदस्य संख्या ३१ जिल्लाबाट करिव ३५० जति थिए । त्यस बखतको कर्मचारी अहिले कोही पनि यस संघमा कार्यरत छैनन । त्यस बखतको लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्रप्रसाद ढकाल अहिले बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । करिव १३ वर्ष अघि संघका अध्यक्ष कैलाशधक्त प्रधानाङ्गको अन्तिम कार्यकाल र अर्का अध्यक्ष मिनराज कडेलको पहिलो कार्यकालमा का.मु प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हाल्दा आफूलाई निकै पाको र गौरवको महशुस भएको थियो ।

ती दिनहरु
१.२०५९ सालमा नेफ्स्कूनको साधारण सभाको मिति सर्यो, अनि साधारण सभा सरेको सूचना दिने व्याक्ति म आफू परे, अहिले जस्तो सञ्चार सुविधा थिएन डडेलधुराको एक संस्थाको अध्यक्षलाई खोज्न स्थानीय पिसिओको टेलिफोन नं भेटाए, फोन गरेको पिसिओको साथिले उनीलाई भोली बिहान ९ बजे डाकिदिन्छु त्यतिखेर फोन गर्नु, अहिले ऊनी स्कुलमा पढाऊन गएका छन, भरे कतिखेर फर्कन्छन भने । तत्पश्चात महिले भोलिपल्ट बिहान आएर धेरै पटक कोशिष गरेपछि मात्र फोन लाग्यो अनि उहाँ पनि मेरै फोनको प्रतिक्षामा हुनुहुँदो रहेछ, । साधारण सभा सरेको जानकारी गराएको त ! ऊहाँ दंग पर्नुभयो र भन्नुभयो कहिले थियो र साधारण सभा अनि कहिलेलाई सरेको हो र ? (सायद साधारण सभाको सूचना हुलाकमा जादै थियो होला, कतिपय संस्थाले त्यस बखत साधारण सभा सकिएपछि हुलाक बाट पत्र प्राप्त भयो पनि भन्थे ।

२. नेफ्स्कूनको कार्यालय अनामनगर स्थित ईन्द्र निरौलाको घरमा मासिक ५ हजार घरभाडा तिरेर बसेको थियो । २०५८ कार्तिक तिर हामी के सल्लाह भयो भने अव रुम पुगेन कर्मचारी पनि थपियौ, अध्यक्ष बोर्ड रुपमानै बस्ने अवस्था (१०—१२ वडा सामान्य कुर्शि थिए) अनि तिनकुने, काठमाण्डौमा गएर राम्रो फल्याट हेरियो बैठक कक्ष समेतको अध्यक्षलाई पनि छुट्टै कार्यकक्ष पुग्ने गरी  । त्यतीखेर मासिक ७ हजारमा मौखिक सहमति गरियो । घरबेटीले २ दिनपछि मासिक भाडा तिर्ने श्रोत के हो भन्छन ? हामि तिर्छोनी भन्यो फेरी भोलि पटक आँऊछन त्यस्तै गज्याङ गुजुङ कुरा गर्दछन । कुरा पनि किन नगरुन त्यो वर्ष नेपालमा सहकारी अहिले सम्मकै धेरै भागेको वर्ष पनि हो ।

अव पर्यो गाह्रो, थाल खाँऊ कि भात खाऊ  । यता कार्पेट वेर्ने बेला भईसकेको छ, उता तिनीलाई कोकोले केके लगाईदिए अफिसलाई घर नदिने भए । त्यसपछि प्रवन्धक सुमन खनाल, हामि अधिकृत द्धय ( म आफू र कुवेर निरौला ) सल्लाह गरेर अव यही बस्नु पर्ने भयो, घरबेटी ईन्द्र निरौलासँग कुरा मिलाऊन पर्ने भयो भनियो, मैले भने मत जान्न किनभन्दा छोडने कुरा महिलेनै गरेको छु अव फेरी मैले के भन्ने ? अनि कुवेर सरको भाई बन्धु भएको हिसावले उहाँलाई पठाईयो । ऊहाँ जव घरबेटीलाई भेटन जानु भयो । सुमन सर र म के आऊला उत्तर भनेर अत्यासमै बसेका थियौं । अनि कुवेर सर हास्दै हाँस्दै कुरो मिलाएर आँए भन्न साथ खुशिले गद गद भएको याद सदैव स्मरणमा छ । त्यसको केही महिनापछि मात्र हामि शंखमुलमा २ फल्याट लिएर सर्यौ र त्यहाँ पुगेपछि मात्र अध्यक्षज्यूको कार्यकक्षमा एक सेट नर्मल सोफा राख्न सफल भयौं...।

सुशासन भन्ने चिज देखिने कुरा होईन, यो पढाएर हिडने व्यक्तिले अवश्य पालना गरेको हुन्छ भन्ने भ्रममा पनि पर्नु हुँदैन, यो आत्मबोध गर्ने बिषय हो र यसको मुल्याङ्कन सतही आँखाबाट पनि गर्न सकिदैन ।

सहकारीका कर्मचारी र पार्टी
लोकतान्त्रिक परिपाटीमा व्यक्तिको कुनै न कुनै राजनैतिक दल वा पार्टीसँग अवस्यनै एक किसिमको झुकाव हुन्छ, त्यो बाट म पनि अछुतो छैन । तर हाल सम्म कुनै पनि पार्टिको साधारण सदस्य सम्म लिएको पनि छैन  सहकारी क्षेत्रमा कार्यरत कुनै पनि कर्मचारीले कुनै पनि पार्टिको साधारण वा सक्रिय सदस्य नलिनु अत्यन्तै बेश हुन्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । पार्टिको सदस्य लिईसकेपछि आफ्नो पार्टिका मान्छेहरु प्रतिको हेराई र अरु पार्टिका मान्छेहरु प्रतिको हेराई फरक हुन्छ ।

सहकारीको कर्मचारी सबै सदस्यहरुको आखाँको नानी जस्तो बन्नु पर्ने हुनाले मैले यो धारणा राखेको हुँ । मुख्य कुरा, कर्मचारीले काम प्रति लगनशिल, बिहान बेलुका नभनी अहोरात्र खटनु पर्दछ, मित्रुभाषि, सरल स्वभाव, मिलनसार, प्रश्ट सञ्चार गर्ने शिप, जिज्ञासु , हरेक क्षेत्रमा ईमान्दारिताको पहिचान, सरल शिर स्वभाव साथै सहयोगी र कर्तव्य बोधको भावना हुनु पर्दछ, ।

११ दिने अपुरो अभिलाषा
बास्तवमा मैले २० वर्ष सेवा पुर्याएरनै अवकाश लिने सोच थियो । जव संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाद्धारा प्रकाशित किताव संघबाट बिक्रि बितरणका लागि  अग्रिम भुक्तानी गरिएको बिषयले चर्चा, परिचर्चा पाएपछि मैले नैतिकताको आधारमा राजिनामा दिएको हुँ, । संघको सञ्चालक समिति र लेखा समितिमा यो बिषय उत्खनन भईसकेपछि मैले कुनै पनि डिवेट गर्न चाहिन । किन भने मेरो स्वभावले पनि त्यसो गर्न दिएन अव यो बितिसकेको कुरामा हामि फर्कनु राम्रो हुदैन र बैरभाव बढने काम मात्र हुन्छ । कुनै पनि नैतिक, आर्थिक र चारित्रिक विषयमा म आफू स्पष्ट छु यदी यो बिषयमा कै कसैले प्रश्न उठाँऊछ भने त्यसको प्रमाण पुर्यााएर सार्वजनिक गर्न समेत अपिल गर्दछु ।

भोलिका मेरा दिन
सेभ द चिल्ड्रन नर्वेको लमजुङ परियोजनमा सहकारी सहायक देखी नेफ्स्कूनमा का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली आएको मेरो अनुभवले पनि सहकारी क्षेत्रमा भन्दा बाहिर गएर सायद म रमाऊन सक्दिन होला र यही क्षेत्रमा प्रत्यक्ष एवं परोक्ष रुपमानै रहने छु तर अव म जागिरेको रुपमा कुनै पनि निकायमा संलग्न नहुने प्रण गर्दछु ।

मेरो स्वभावले पनि त्यसो गर्न दिएन अव यो बितिसकेको कुरामा हामि फर्कनु राम्रो हुदैन र बैरभाव बढने काम मात्र हुन्छ । कुनै पनि नैतिक, आर्थिक र चारित्रिक विषयमा म आफू स्पष्ट छु यदी यो बिषयमा कै कसैले प्रश्न उठाँऊछ भने त्यसको प्रमाण पुर्यााएर सार्वजनिक गर्न समेत अपिल गर्दछु ।

सहकारीमा हिजो र आज
तत् बखत सहकारी संस्थाहरु पनि थोरै थिए, सदस्य संख्या पुँजी कारोवार सबैनै थोरै थिए, संस्थाहरुमा प्रविधिको बिकास थिएन । खतापाताहरु सबै म्यानुयल सिस्टममा थिए, अधिकाँश सहकारी संस्थाहरु सहकारी ऐन, नियमावली, सरकारद्धारा जारी गरिएका सम्वन्धित नियमहरु र आफ्नो विनियमको आधारमा मात्र सञ्चालन हुन्थे । कतिपय संस्थाहरुलाईत त्यो पनि थाहा थिएन, थोरै संस्थाको मात्र आफ्नो भवन थियो, शहरी क्षेत्रमा केही केही संस्थाको कम्युटर भएपनि सामान्य काम तथा टाईप गर्नको लागि मात्र प्रयोग गरिन्थ्यो । दक्ष जनशक्तिको अभाव थियो अहिले पनि मलाई याद आऊछ हाम्रो तत्कालिन अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले मलाई नेफ्स्कूनमा आवद्ध भएका संघ÷संस्था जसको एक करोड भन्दा बढी वासलात भएका १० वटा संस्थाहरुको नाम दिनु भन्नु हुँदा मलाई निकै हम्वे, हम्वे भयो । अहिले सम्म आईपुग्दा नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरुले गरेको उन्नती र प्रगति देख्दा लाग्दछ यो सपना हो की विपना ।

संस्थाहरुमा सदस्य,पूँजी, कार्यक्षेत्र बिस्तार भएको, नयाँ नयाँ प्रविधिहरुको बिकास, सहकारी ऐन, नियमावली, विनियमको अवला प्रशस्त नीति, नियमावली तयार गरेर लागू गरिएको र सदस्यहरुको आर्थिक, समाजिक स्तर उकासिएको, महिला शसक्तिकरण लगायतका क्षेत्रमा छलाङ मार्न सफल भएका छन् । भनिन्छनी यौटा साईकल चडेको यात्रु कुनै ठाँऊमा ठोकिन पुग्यो भने सामन्य चोटपटक मात्र लाग्ला तर प्रति घन्टा १२० कि.मि को दरले कुदेको गाढी ठोकिन पुग्यो भने ठूलो दुर्घटना भई मान्छे बाँच्ने संभावना धेरै न्यून रहन्छ । अहिलेका सहकारी संस्थाहरु सञ्चार, नेटवर्किङ, प्रतिष्पर्धा, नयाँ नयाँ प्रविधि लगायतका कारणले शहरका हुन वा हिमाल, पहाडका हुन उनीहरु कुदाई गाढी कुदेको जस्तो छ ।

तसर्थ नेफ्स्कूनले सधै अघि सारेको नीति, बिधि र प्रविधिलाई पूर्ण रुपमा अवलम्वन गर्ने साकोसहरुलाई पक्कै समस्या छैन उनीहरुको गति अघि बढनेछ तर मोफसलका संस्थाहरुको हालत कता जानेछ भन्ने समयले बताऊने छ । व्याक्तिगत लाभ एवं स्वार्थका लागि सहकारी संस्था होस वा संघमा प्रवेश गर्ने सञ्चालक एवं कर्मचारीहरु भएमा त्यसले पनि ठूलो दुर्घटना निम्त्याऊँदछ, हालैका दिन कै कतै यस किसिमको संकेत देखिएको पाईएको हुँदा यस तर्फ बौद्धिक जमातले सचेत गराऊन पर्ने हुन्छ ।

अन्तमा सहकारी संघ÷संस्थामा कति पुँजी छ, कति सदस्य छन, कति तले घर छ, कर्मचारी के कति छन भन्दापनि कति गरिव एवं न्यून आय र विपन्न बर्ग साथै कुनै पनि वित्तिय निकायमा सदस्य नबनेका कतिलाई वित्तिय सुविधा पु्याएको छ भन्ने महत्वपूर्ण कुरा हो । यसैमा केन्द्रित हुन आवश्यक छ जसरी हामिलाई आमाले भात खाना आऊ बाबु भन्दा भात सँगै दाल तरकारी लगायत दुध, दही एवं समय अनुसारको खानेकुरा भने जस्तै सहकारी भित्र पनि गरिव, न्यून आय ,विपन्न, उद्ममी गरिव लगायत लुकी रहेको हुन्छ । त्यसको सम्वोधन गर्नुपर्दछ र सुशासन भित्र रहनै पर्दछ, सुशासन भन्ने चिज देखिने कुरा होईन, यो पढाएर हिडने व्यक्तिले अवश्य पालना गरेको हुन्छ भन्ने भ्रममा पनि पर्नु हुँदैन, यो आत्मबोध गर्ने बिषय हो र यसको मुल्याङ्कन सतही आँखाबाट पनि गर्न सकिदैन ।



Leave a comment