हाइलाइट

चण्डेश्वरी सकोसद्धारा आमाको मुखहेर्ने कार्यक्रम 

चण्डेश्वरी सकोसद्धारा आमाको मुखहेर्ने कार्यक्रम  :: Sahakari Akhabar

काठमाडौं । काभे्रको बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आमाको मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख ३ गतेका दिन दुईसय महिला सदस्य आमाहरुको मुख हेर्ने कार्यक्रम गरेको हो । संस्थाले ७५ वर्ष माथिका जेष्ठ सदस्य आमाहरुलाई विभिन्न सामाग्री उपहार समेत प्रदान गरेको छ।

यो वर्ष बैशाख ४ गते मातातिर्थ औंशी परेको छ । संस्थाले बिगत १० बर्षदेखि आमा, बुबाको मुख हेर्ने कार्यलाई निरन्तर दिइरहेको जनाइएको छ । १० हजार ९७३ सदस्य रहेको संस्थामा १ अर्ब १६ करोड १६ लाख ४७ हजार बचत, ८९ करोड ८६ लाख ८४ हजार ऋण लगानी गरेको जनाएको छ।

संस्थामा ११ करोड ४२ लाख ११ हजार ५ सय रुपैंयाँ सेयर रहेको संस्थाको संस्थागत पूँजी १३ करोड १९ लाख २६ हजार र कूल सम्पति १ अर्व ५१ करोड ५१ लाख ८८ हजार रहेको जनाइएको छ।



Leave a comment