सहकारी बैंक १८ वर्षमा

सहकारी बैंक १८  वर्षमा :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंक १८ वर्षमा प्रवेश गरेको छ । २०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट बैंकले कारोबार शुभारम्भ गरेको थियो । बैंकले नेपाल राष्ट्र बैंकबाट २०६७ साउन १० गतेबाट सिमिति बैंकिङ कारोबारको लागि स्वीकृत प्राप्त गरेको हो । बैंकले ७७ वटै जिल्लाका सहकारीलाई समेटेको छ ।

हाल ४४ वटा शाखा रहेको बैंकले केन्द्रीय कार्यालयबाट ७७ वटै जिल्लाका सहकारी संघ संस्थालाई सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब १२ हजार सदस्य रहेका छन् । आर्थिक वर्ष २०७६ र ७७ असार मसान्तमा बैंकको सेयरपूँजी २ अर्ब २२ करोड र ५० अर्ब सम्पत्ती पुर्याउन सफल भएको छ ।



Leave a comment