जेष्ट आईडियोलोजी साकोसद्धारा रक्तदान र वृक्षारोपण कार्यक्रम सम्पन्न

जेष्ट आईडियोलोजी साकोसद्धारा रक्तदान र वृक्षारोपण कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले वृहत्त रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र संगम हातेमालो समाजले संयुक्तरुपमा साउन १७ गते आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १८ पिन्ट रगत संकलन भएको जनाएको छ ।

मुलुकमा कोरोना भाइरस महामारीका कारण रगत संकलन प्रभावित भएर कतिपय अस्पतालमा विरामीको उपचारमा समस्या परेकाले संस्थाले रक्तदान कार्यक्रम गरेको संस्थाका कार्यकारी संचालक हेमबहादुर कार्कीले बताए । संस्थाले बागमती प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालको प्रमुख आतिथ्यमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद मणिराम फुयाल र कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का अध्यक्ष जीवन थापा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



Leave a comment