निक्षेप फिर्ताकालागि साठी दिन भित्र फारम भर्न ओरेयण्टल सहकारीको सूचना 

निक्षेप फिर्ताकालागि साठी दिन भित्र फारम भर्न ओरेयण्टल सहकारीको सूचना  :: Sahakari Akhabar

काठमाडौं । ओरेयण्टल सहकारीले संस्थाको नाममा रहेको सम्पत्ती बेचेर सदस्यको निक्षेप फिर्ता दिने सूचना जारी गरेको छ । संस्थाका तत्कालिन अध्यक्ष सुधिर बस्नेतको नामबाट जारी सूचनामा संस्थाले गरेको ऋण लगानी तथा संस्थाका नाममा रहेको जग्गा बेचर निक्षेप वापतको रकम उपलब्ध गराउने भनिएको छ ।

सूचनामा संस्थामा जम्मा गरेको निक्षेप फरफारक हुन बाँकी रहेका निक्षेपकर्तालाई यही साउन २९ गतेदेखि ६० दिनभित्र फारम भर्न भनेको हो । ओरेयण्टलका अध्यक्ष बस्नेतद्धारा सूचनामा पीडितहरुको आधिकारिक प्रतिनिधि कुन्तिदेवी पोखरेलसँग भएको सहमतिअनुसार भक्तपुरको गुण्डुलगायत देशका विभिन्न भागमा सहकारीको नाममा रहेको सम्पत्ति बिक्री गरी निक्षेपकर्ताको रकम फरफारक गर्ने उल्लेख छ ।

सहकारीको सम्पत्ति कानूनी प्रक्रिया पूरा गरी २०७५ असार २६ गतेको त्रिपक्षीय सम्झौता र २०७६ बैशाख ३१ गतेको द्विपक्षीय सहमितको आधारमा  निक्षेपकर्तालाई रकम फरफारक गर्न लागेको भनिएको छ । तोकिएको अवधिभित्र आफ्नो निक्षेप जम्मा गरेको खाता नम्बर, बचत रकम, सम्पर्क नम्बर, निक्षेपको विषयलाई लिएर मुद्दा गरे वा नगरेको ब्यहोरा उल्लेख गरी ओरेयण्टल सहकारी संस्था लिमिटेडको वेवसाइटमा रहेको फारम भरी सहभागी हुन भनेको छ । यदी उक्त फारम नभरे निक्षेपकर्ताले यसअघि नै आफ्नो दायित्व फरफारक गरेको मानिने उल्लेख छ ।



Leave a comment