हाइलाइट

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई श्रमीक सहकारी मार्फत संचालन गर्न प्रस्ताब

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई श्रमीक सहकारी मार्फत संचालन गर्न प्रस्ताब :: Sahakari Akhabar

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई श्रमीक सहकारी अथवा श्रम बैंक मार्फत संचालन गर्न प्रस्ताब गरिएको छ । श्रमिक सहकारी र श्रम बैंकको स्थापना गरी उक्त कार्यक्रम संचालन गर्न प्रस्ताब गरिएको हो ।

राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन मस्यौदामा प्रत्येक स्थानीय तहले कम्तीमा एउटा श्रमिक सहकारीको स्थापना गर्ने, यसका लागि प्रबद्र्धन, तालीम, अनुदान आदिको कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । त्यसैगरी मस्यौदामा श्रम बैंकको स्थापना गर्ने र आवश्यकता अनुसार श्रमिकहरू परिचालन गर्ने बताइएको छ ।

श्रमिक सहकारी प्रबद्र्धन गर्न कार्यक्रमहरू बनाई कार्यान्वयन गर्ने त्यसकालागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई श्रमिक सहकारी÷श्रम बैंक मार्फत संचालन गर्ने व्यवस्था मिलाउने मस्यौदामा प्रस्ताव गरिएको छ । 
 



Leave a comment