काठमाडौं । पछिल्लो समय सहकारीमा एकिकरणको लहरनै चलेको छ । संख्यात्मक रुपमा बढी भएको भन्दै गुणात्मक विकासकालागि सहकारीको एकिकरण अभियान थालिएको हो । पछिल्लो समय चालु आर्थिक वर्षको बजेटमा पनि सहकारीलाई एकिकरणमा जान प्रोत्साहन गरिने सरकारको नीति रहेको छ ।
त्यसैले उद्धेश्य मिल्ने सहकारी संस्थाहरु धमाधम एकिकरण हुन थालेका छन् । त्यसैगरी पछिल्लो समय भक्तपुरका दुई वटा सहकारीहरु एकिकरण भएका छन् । भक्तपुरको सल्लाघारीमा रहेको शिव शिखर कृषि सहकारी र कौशलटारमा रहेको शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएका हुन् । एकिकरण पछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट कारोबार संचालन हुने संस्थाका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।
एकिकृत कारोबारकालागि सहकारी विभागले साउन ४ गते संस्थालाई अनुमती दिएको थियो । संस्थाको उपत्यकाको तीन जिल्ला सहित ३५ जिल्ला कार्यक्षेत्र रहेको जनाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार बागमती प्रदेशले ४६ वटा विभिन्न प्रकृतिका सहकारी संस्था एकीकरण गरी १६ वटा कायम गरेको छ । प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ को आधारमा सहकारी एकीकरण गरिएको हो । असार महिनामा मात्रै ४० सहकारी एकीकरण भई १३ वटा कायम भएको जनइएको छ ।
Leave a comment