बनेपा । आभाष बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पुनर्कर्जा दिएर सघाउने भएको छ । लकडाउनले गर्दा सदस्यहरुको ब्यापार ब्यवसायमा मार परेका सदस्यलाई व्यवसाय उत्थानका लागि आवश्यक परे पुनर्कर्जा दिएर संस्थाले सघाउने प्रमुख प्रबन्धक सुवास बैद्यले बताए ।
उनले लकडाउनको अवधिमा १ करोड ५० लाख बचत थपिए पनि लगानी विस्तार नभएपनि असार १ गतेबाट भने ऋण लगानीको क्रम चलेको उनले जनाए । संस्थाले असार महिनाभर ५० लाखको हाराहारीमा लगानी गरेको र सदस्यहरुको मागको आधारमा लगानी बढाउँदै लगिने प्रबन्धक बैद्यले बताए । उनले लकडाउन अवधिको ब्याजमा छुट तथा २०७६ चैत्र देखि ०७७ असार मसान्तसम्म हर्जानामा शतप्रतिशत र ब्याजमा १० प्रतिशत् छुट दिइएको जानकारी दिए । “लकडाउनमा बचत फिर्ताका लागि प्राथमिकता दिएकाले लगानीमा केहि कमी भएको हो,” उनले भने, “त्यस अवधिमा ऋणको माग पनि खासै आएन ।” कोरोनाका कारण ऋण असुलीमा केहि प्रभाव पारेको भएतापनि समुदायमा आधारित संस्था भएकाले विकराल अवस्था भने नआएको उनले बताए ।
संस्थाले कर्जा असुलीमा सदस्यका लागि सहज प्रक्रिया अपनाएको उनले बताए । सदस्यहरुलाई व्यवसायको आधारमा ऋणको साँवाब्याज भुक्तानीका लागि अनुरोध गरेको तर भुक्तानीका लागि दवाब भने नदिएको उनले जनाए । संस्थाले हालसम्म ५१ करोडको कुल वासलात बनाएको छ । संस्थाको बचत ४५ करोड नजिक पुगेको छ भने लगानी पनि ३९ करोडको हाराहारीमा रहेको छ ।
Leave a comment