काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था १४ वर्षमा प्रवेश गरेको छ । एक कार्यक्रमको बीच संस्थाले स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठलगायतको उपस्थितीमा संस्थाको स्थापना दिवस मनाईएको हो । २०६४ साल साउन १ गते २९ जनाबाट सुरु भएको सहकारीको हाल १ हजार ३ सय सदस्य र ७० लाख चुक्ता पूँजीबाट सुरुभएको संस्थामा हाल ६८ करोड रुपैयाँ पुगेको छ ।
गुणस्तरीय व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगमार्फत सदस्यलाई उच्च स्तरको सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए । दीगो, भरपर्दो, विश्वसनीय र सुरक्षित माध्यामबाट सदस्य, समाज र देशको लागि योगदान दिनेतर्फ संस्था निरन्तर रुपमा क्रियाशील रहने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।
गत आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले संरक्षित पूँजी फिर्ता कोषबाट शेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । संस्थाले सदस्यहरुको कोरोना बीमा, विभिन्न आधुनिक सुविधाहरु सहितको मोवाईल बैकिङ सेवा, क्विआर पेमेन्ट सेवा, किस्ड कल बैंकिङ सेवा शुरु, विभिन्न गुणस्तरीय ब्यवस्थापन प्रणालीमा आवद्धता जनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
संस्था काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला सहकारी संघ काठमाडौं, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकमा आवद्ध रहेको छ । हाल यस संस्था राष्ट्रिय सहकारी बैंक लि. द्धारा सञ्चालित CARE कार्यक्रम र ISO 9001:2015 Quality Management System लागु गर्न यी कार्यक्रममा सहभागी भईरहेको श्रेष्ठले बताए ।
Leave a comment