हाइलाइट

कृषि केन्द्रिय संघको सिन्डीकेट तोडियो, अर्को संघ दर्ता

कृषि केन्द्रिय संघको सिन्डीकेट तोडियो, अर्को संघ दर्ता :: Sahakari Akhabar

काठमाडौं  ।  कृषि सहकारीलाई लक्षित गरी नयाँ केन्द्रिय संघ दर्ता भएको छ । तरकारी तथा फलफूल केन्द्रीय संघ र बिउ उत्पादक केन्द्रीय सहकारी संघ मर्जर भई कृषि बिउ, तरकारी तथा फलफूल केन्द्रिय संघ बनेको छ । उक्त संघले कृषि सहकारी संघले समेट्न नसकेका सहकारीलाई समेटेर कृषिको व्यावसायिकतामा जोड दिने एकीकरण कार्यदलका संयोजक विनोद पराजुलीले जानकारी दिए । कृषि सहकारी संघले सिन्डीकेट गरी साना किसान बाहेक अन्यलाई सदस्यता नदिएपछि कृषि सहकारीहरु रुष्ट हुदैँ आएका थिए ।

देशभरका कृषि सहकारीलाई समेटेर व्यवसायिक बनाउने उद्देश्यले कृषिका दुई केन्द्रिय संघ एकीकरण गरिएको पराजुलीले बताए । ‘कृषि संघले समेट्न नसकेका कृषि सहकारीलाई सदस्य बनाउने छौं’ उनले भने,‘अब कृषिको व्यवसायिकरण र आधुनिकरणमा जोड दिनेछौं ।’ कृषि केन्द्रिय संघ भनिएपनि उसले साना किसानबाहेकलाई समेट्न सकेको छैन् । साना किसानका एक हजार संस्थालाई मात्रै सदस्यता दिएर अध्यक्ष खेम पाठकले सिन्डीकेट कायम गर्दै आएका छन् । शक्तिकेन्द्र धाउने र अनुदान तथा कार्यक्रम ल्याएर साना किसानलाई मात्रै समेट्ने गरेको भन्दै अधिकांश सहकारीकर्मी रुष्ट हुदैँ आएका छन् ।

सहकारी विभागका अनुसार २२ केन्द्रिय संघमध्ये एक दर्जन भन्दा बढी कृषिसँग सम्बन्धीत छन् । पराजुलीले कृषिका अन्य संघलाई पनि एकिकरणमा लानेगरी कार्यक्रम अघी बढाएको पराजुलीले जनाए । अधिकांश संघ, झोले र अनुदानमा सञ्चालित छन् । अव हामी ब्यवसायीक बनाउँछौं । पराजुलीले संघ बलियो र व्यवसायिक बनाउँदै कृषिमा आत्मनिर्भर हुनेगरी अघि बढ्ने तयारी भएको उनले बताए । ‘व्यवसायिक र व्यवस्थित संघ बनाउन मर्जर अभियान सुरु गरेका छौं’ उनले भने ।

साविकमा भएका केन्द्रीय संघ छुटछु्ट्टै अस्तित्वमा रहदाँ प्रभावकारीता हुन नसकेको, व्यवसायिक बन्न नसकेको, थोरै संस्था र पुँजी रहेको अवस्थामा मर्जरले उत्साह थपेको उनले बताए । नेटवर्क बढाउने, व्यवसायिक बनाउने, सहकारीलाई आकर्षक बनाउने गरी नयाँ योजना ल्याउने उनको भनाइ छ ।

केन्द्रिय संघ व्यवसायिक बन्नुपर्ने भएपनि त्यसो हुन सकिरहेका छैनन् । आफ्नै व्यवसाय र आम्दानी हुने गरी व्यवसायिक केन्द्रिय संघ बनाउन लागिएको उनको भनाइ छ । अनुदानको भरमा कार्यक्रम गरेको देखाउने, संघलाई दिगो बनाउन ध्यान नदिने परिपाटीलाई मर्जरले सघाउने उनले बताए ।

‘कृषि क्षेत्रको महत्वपूर्ण तरकारी तथा फलफूल नै हो । कृषि केन्द्रीय संघ भन्दा अघि नै दर्ता भएका हौं ।’ उनले भने,‘ तरकारी तथा फलफूलसँग सम्बन्धीत काम गरेको छ । जुन उद्देश्यले दर्ता भएको छ , त्यसमा हामी क्रियाशील हुने छौं ।’ देशभर १२ हजार भन्दा बढी कृषि सहकारी भएपनि उत्पादनमा खासै योगदान पुग्न सकेको छैन् । कृषिका नाममा बचत तथा ऋणको कारोबार गर्ने सहकारी अधिक भएकाले उत्पादनमा सहकारीको योगदान पुग्न सकेको छैन् ।

संयुक्त संघको छिट्टै साधारणसभा हुने भएको छ । पहिलो एकीकरण अभियान सफल भएको भन्दै पराजुलीले कृषि क्षेत्रका अन्य केन्द्रीय संघ एकीकरण गर्ने अभियान सञ्चालन गर्ने उद्घोष गरे । संघले चाबहिलको सरस्वतीनगरमा सहकारी बजार सञ्चालनमा रहेको र त्यसलाई अझ ब्यवस्थित बनाउने बताए । अन्य क्षेत्रमा पनि बजार स्थापना गर्ने र सहकारी मार्फत तरकारी तथा फलफूल बजार  ब्यवस्थापन गर्ने योजना रहेको पराजुलीले बताए । 



Leave a comment