काठमाडौं । चाइनाट्रेड बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले १ सय २१ हजार (१ लाख २१ हजार) वढी रकम फिर्ता पाएका छन् । संस्थाले आर्थिक वर्ष ०७६÷०७७ को अन्त्यमा संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यलाई रकम फिर्ता दिएको हो ।
सबैभन्दा बढी ऋणको कारोबार गर्ने सदस्यले १ लाख २१ हजार ८ सय २७ रुपैंयासम्म फिर्ता पाएको छ भने बचतको कारोबार तर्फ सबैभन्दा बढी ९० हजार ३ सय ४४ रुपैंया फिर्ता पाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनले संरक्षित पूँजी फिर्ताकोषको रकम बाँडफाँड गरेको र सदस्यले कारोबारमा गरेको योगदानका आधारमा रकम फिर्ता गरेको बताए ।
उनले सहकारी ऐनले ब्यवस्था गरे बमोजिम बचतमा ४० प्रतिशत र ऋणको कारोबारमा ६० प्रतिशत रकम बाँडफाँड सदस्यको बचत खातामा जम्मा गरेको जानकारी दिए । उनले संस्थाका ४०७ जना सदस्य संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएको बताएका छन् ।
Leave a comment