बागलुङ । आदर्श सञ्चार सहकारीले १ अर्ब सम्पत्ती पुर्याउने भएकोे छ । संस्थाले २०८० सालसम्म १ अर्ब सम्पत्ती पु¥याउने लक्ष्य लिएको हो । संस्थाले २०७० सालमा बनाएको १० वर्षे रणनीतिक योजना परिमार्जन गरी २०८० सालसम्म १ अर्ब सम्पत्ती पु¥याउने लक्ष्य लिएको जनाएको छ । वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी मार्फत संस्थाको रणनीतिक योजना परिमार्जन गरेको हो ।
सूचना र सञ्चार संगै वचत तथा ऋणको काम गर्दै आएको संस्थाले आगामी आर्थिक वर्षको योजनामा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिएर नीति निर्माण गर्ने जनाएको छ । आदर्श सञ्चार सहकारी र ओम साकोसबीच गत चैत १ गते एकिकरण भएपछि पहिलो वार्षिक समिक्षा, योजना तर्जुमा तथा १० वर्षे रणनीतिक योजना परिमार्जन गरिएको संस्थाले जनाएको छ । स्वास्थ्यसंगै आन्तरिक पर्यटन प्रवद्र्धन, कृषि उत्पादन, बजारीकरण र प्रशोधन, वातावरण संरक्षण लगायतका क्षेत्रमा संस्थाले काम गर्ने संस्थाकी अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले बताइन ।
Leave a comment