Sahakari Akhabar

संकटमा सहकारी ब्यवसायको निरन्तरता

संकटमा सहकारी ब्यवसायको निरन्तरता :: Sahakari Akhabar

“संस्थाहरुमा अहिले लामो अवधिको बचत संकलनमा ह्रास सँगै भाखा नाघेको ऋण बढ्दो हुनसक्छ यस्तो अवस्थामा संस्थालाई लामो समयसम्म रहन दिने हो भन्ने पछि संस्था चल्ने नचल्नेमा शंका हुन सक्दछ त्यसैले जति सक्दो चाँडो मासिक बचतलाई नियमित गराउदै ऋण असुली कार्यमा लाग्नु पर्दछ ।”

- नारायण बेल्वासे

ज हामी  कोरोना संकट समयमा छौं ।  यो संकट अल्पकालीन हो । हामी सकारात्मक हुनै पर्दछ   यो संकट पनि अन्त्य हुन्छ तर यो भनिरहदा यसले समय लिन्छ भन्ने चाही हामीले बुझन जरुरी छ । समाचारमा सुनेका छौं कोरोना भाइरस विरुद्धको खोप बिभिन्न देशहरुमा परिक्षण भैरहेको छ । अब केही महिनामै खोप उपलब्ध होला । यसका कारण हामी भन्न सक्छौं यो संकट अल्पकालीन हो । तर अबका दिनमा हाम्रा बानी व्यहोरा र वातावरणहरु परिवर्तन हुनेछन् । हामीले सदस्यहलाई गर्ने सेवाका रुप पनि परिर्वतन गदै जानुपर्ने अवस्था आएको छ । यद्यपि, हाललाई सबैभन्दा महत्वपूर्ण विषय भनेको कुशल आर्थिक वर्ष समाप्ती र जारी कोरोना समस्याको कुशल व्यबस्थापन हो । चुनौती र अफठ्यारो परिस्थितिका बाबजूद हाम्रा सहकारी संस्थाहरुको गुणस्तरीय सेवा निरन्तरताको सुनिश्चितता अहिलेको प्रमुख आवश्यकता हो ।

पहिलो काम भनेको हामीले हाम्रा सदस्यहरुको सुरक्षाको ख्याल गर्नुपर्दछ । सहकारीको संचालक समिति र  कर्मचारीले बुझनै पर्ने  कुरा के हो भने हाम्रा संस्थाको आधार भनेको हाम्रा शेयर सदस्यहरु हुन् । संस्था संग खुसी सदस्य बिना लामो समय सम्म सहकारी संस्था रहन सक्दैन  । कसैलाई लाग्न सक्छ अहिलेको परिवेशमा संस्था चलाउनु प्रमुख कुरा हो तर त्यो होइन सदस्य सबैभन्दा प्रमुख कुरा हो । सदस्यहरुको आवश्यकता के छ भनेर हामीले  बुझ्नुपर्छ । लकडाउन लम्बिदै गएको अवस्था ब्यापार ब्यवसाय संचालन नभइरहेको अवस्थामा सदस्यहरु समस्यामा परेका छन् की, आयआर्जनबाट बिस्थापित हुनुपरेको छ कि, उनीहरु आधारभुत आवश्यकता (गास,बास र कपास) पाएका छैनन् कि, जस्ता पक्षमा सहकारी संस्थाबाट निरन्तर जानकारी लिइ भौतिक तथा भावनात्मक सम्वन्ध कायम गराइ राख्नु पर्ने देखिन्छ ।

लकडाउनको कारण सार्वजनिक सवारी साधनको आवतजावतको कठिनाईले सदस्यहरुले वित्तीय सेवा पाउन असहज स्थिति उत्पन्न भएको छ ।  हाम्रा सहकारीहरुमा प्रविधिमैत्री भुक्तानी माध्यमको सुविधा उपलब्ध नभएको  कारण सदस्यहरु निक्षेप जम्मा गर्न वा ऋण लिन कार्यालय आउन नसक्ने परिस्थिति बन्नेको छ ।  अर्को चिन्ताको विषय भनेको सदस्यहरुसँग आकस्मिक रकमको अभाव हुनसक्छ । आकस्मिक रकम एकदमै महत्वपूर्ण छ । लकडाउनका कारण आधारभूत आवश्यकता परिपूर्तिका सामाग्रीहरु खरिद गर्न सदस्यहरुसँग पैसा छैन भने उनीहरु भोकै रहन्छन् । सरकार वा वडा कार्यालय, सामाजिक संघ संस्थाले आपतकालीन सहयोग स्वरुप खाद्य सामाग्रीहरु उपलब्ध गराएका छन् । तर, यो अल्पकालीन व्यबस्था वा सहयोग मात्र हो । यस्तो काम सधैका लागि सम्भव छैन । यदि सदस्यहरुको बचत भएको भए उनीहरु आफ्नो बचत फिर्ताबाट आत्मनिर्भर हुने थिए । त्यसैले आफ्ना शेयर सदस्यहरुलाई अनिवार्य बचतमा जोड्न कति महत्वपुर्ण रहेछ भन्ने कुरा आजको दिनमा स्पष्ट भएको छ ।

दोस्रो कुरा, सहकारी नेतृत्व र उच्च व्यबस्थापनले कर्मचारीको ख्याल राख्नुपर्छ । सदस्य जस्तै कर्मचारीहरुसँग पनि आपतकालीन रकम नहुन सक्छ । यदि महामारी लम्बियो भने निश्चय पनि सहकारी संस्थाहरुको आम्दानी हुनेछैन, तरलता संकट उत्पन्न हुनसक्छ । रोजगारीको सुरक्षाको प्रश्न पनि उठ्छ । धैरै देशहरुमा लकडाउन अवधिमा बन्द रहेका केही कम्पनीहरुले आफ्ना कर्मचारीको तलबको केही प्रतिशत कटौती गरेका छन्  । यस्तो अवस्थामा  कर्मचारीहरुमा मनोबल कमी हुनसक्छ । घरबाट कामका सम्बन्धमा पनि प्राबिधिक मैत्रि संचालन प्रणाली नभएको भएपनि इन्टरनेटको पहुँचमा विविध खाले समस्याका कारण चुनौतीहरु छन् । गाउँघर वा कार्यालयभन्दा टाढा रहेका कर्मचारीहरु बसेको स्थानमा घरबाट काम गर्ने सहज कार्यालीय वातावरण उपलब्ध नहुन सक्छ, जसले गर्दा कर्मचारीको कार्यदक्षता पनि सीमित गर्दछ । यदि कर्मचारीहरुलाई कार्यालयमा उपस्थितिको लागि आग्रह गरिएको छ भने उनीहरु व्यक्तिगत रुपमा सुरक्षित रहेको संस्थाले सुनिश्चित गर्नुपर्दछ ।

“संस्थाहरुमा अहिले लामो अवधिको बचत संकलनमा ह्रास सँगै भाखा नाघेको ऋण बढ्दो हुनसक्छ यस्तो अवस्थामा संस्थालाई लामो समयसम्म रहन दिने हो भन्ने पछि संस्था चल्ने नचल्नेमा शंका हुन सक्दछ त्यसैले जति सक्दो चाँडो मासिक बचतलाई नियमित गराउदै ऋण असुली कार्यमा लाग्नु पर्दछ ।” त्यस्तै, तेस्रो महत्वपूर्ण पक्ष भनेको संस्था हो । अब प्रश्न आउँछ, के हाम्रो संस्था यस्तो संकटको लागि तयार छ त  ? विपद् व्यबस्थापन सम्बन्धी हामीले योजना बनाएका छौं ? हामीले के देखेका छौं भने धेरै सहकारीहरुले भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिको लागि पूर्वयोजना बनाएपनि हाल कायम रहेको जस्तो स्वास्थ्य विपत्तिका लागि पूर्वयोजना बनाएका थिएनन् । त्यस्तै कानूनी परिपालना अर्को विषय हो । हामीले आफना संस्थाको लेखापरीक्षण तथा वार्षिक साधारण सभा समयमै सम्पन्न गर्ने कानूनी बाध्यताहरु छन् । असार मसान्तमा हाम्रा संस्थाको वार्षिक खाताबन्दी हुन्छ । यस्तो अवस्थामा संस्थाको हर हिसाब, ऋण असुली आम्दानी खर्चको लेखा जोखा जस्ता कार्य गर्न समस्या आउन सक्दछ । असोज मसान्तभित्र सहकारीको साधारणसभा भैसक्नुपर्ने छ । संस्थासँग सम्बन्धित यस्ता विषयहरु समयमै सम्बोधन हुनुपर्दछ ।

संस्थाहरुमा अहिले लामो अवधिको बचत संकलनमा  ह्रास आएको हुनसक्छ र भाखा नाघेको ऋण बढ्दो हुनसक्छ । यस्तो अवस्थामा संस्थालाई लामो समयसम्म रहन दिने हो भन्ने पछि संस्था चल्ने नचल्नेमा शंका हुन सक्दछ । त्यसैले जति सक्दो चाँडो मासिक बचतलाई नियमित गराउदै ऋण असुली कार्यमा लाग्न पर्ने देखिन्छ । ख्याल राख्नुपर्ने कुरा के हो भने ऋणको व्यबस्थामा कुनै परिवर्तन हुने छैन्, किनकि स्वसहयोग र सुरक्षा जस्तो बचत तथा ऋण सहकारी सञ्चालनको सिद्धान्त कोभिड महामारीका बाबजूद कायमै छन् । तिनमा कुनै परिवर्तन भएको छैन् । अहिले हामीले गर्ने एकमात्र काम भनेको संकटको असरको व्यबस्थापन हो ।

यो अवस्था व्यबस्थापनका लागि केही सुझावहरुको विषयमा चर्चा गर्न चाहान्छु । सदस्यहरुको विषयमा हामीहरु जुन भौगोलिक र सामाजिक अवस्थामा संस्था सञ्चालन गरिरहेका छौं  ।  त्यसको आधारमा कोभिड–१९ ले पार्ने असरको विश्लेषण गर्दै चाल्नुपर्ने कदमका बारेमा टुङ्गोमा हामी पुग्यौं भन्ने  हामीले बनाउने व्यबसाय निरन्तरता योजना  प्रभावकारी हुन्छ । पहिलो कुरा स्वास्थ्य हो । हाम्रा सदस्यका परिवार मध्ये केही ब्यक्तिहरु भारत लगायत बिभिन्न देशमा रोजगारीमा गएको अवस्थामा हाल फिर्ता आएको अवस्था छ । अधिकांश नेपालमा देखिएका संक्रमितहरु अन्य देशबाट हालसालै फिर्ता आएका ब्यक्ति देखिएकोले ति ब्यक्ति रहेका परिवार मध्येका सदस्यहरुका बारेमा जानकारी राख्नुपर्छ र उनीहरु रहेको स्थानमा रोग संक्रमणको अवस्था के छ भन्ने विषयमा चनाखो भएर महामारी फैलिन रोक्न ध्यान दिनैपर्छ । त्यस्तै, अर्को विषय भनेको सदस्यहरुको ऋण तिर्न सक्ने क्षमतामा पक्कै पनि असर गर्छ । अर्को भनेको प्रविधिमैत्री भुक्तानी वा बचत जम्मा सेवाहरुको उपलब्धता हो ।

अबका दिनमा सहकारीमा सदस्य शिक्षाको कार्यक्रमलाई प्रबिधिको प्रयोग बिस्तार गर्दै लैजाने र  त्यसमा तत्कालै र पछि पनि स्वास्थ्य शिक्षाको पाटो जोड्नुपर्छ । स्वास्थ्य सम्बन्धी धेरै विषयहरु सदस्य शिक्षामा जोड्न सकिन्छ । रोगबाट बचाउने र संरक्षण गर्ने दायित्वमा हामी लाग्नुपर्छ । विज्ञहरुका अनुसार अहिलेको कोरोना भाइरस हामीसँगै रहन्छ । यो हराएर जादैन । खोप उपलब्ध भएपनि भाइरस रहन्छ नै । त्यही भएर अब सबै सदस्यको स्वास्थ्य बीमा आवश्यक छ । अर्को ख्याल गनुपर्ने पक्ष भनेको सदस्यहरुको ऋण तिर्न सक्ने क्षमतामा कमी हो । दैनिक ज्यालादारीमा भर पर्ने सदस्यहरुलाई असर गर्छ किनकि उनीहरु अहिले काम गर्न सक्दैनन् । त्यस्तै, लघु उद्यमीहरुमा पनि लकडाउनका कारण कामको निरन्तरताको समस्या छ । कृषि तथा कृषिजन्य व्यबसायमा लागेकाहरु पनि आफ्ना उत्पादनहरु बिक्री गर्न असमर्थ छन् । ग्रामीण भेगका कृषकहरुले यातायात नचलेका कारण बजारको पहुँच नभएकाले उत्पादन फालेका छन् ।

सहकारीहरुले व्यवसाय निरन्तरता योजना (बीसीपी) तयार गर्नुपर्छ । सहकारीका संचालक वा कर्मचारीको रुपमा हामीले संस्था भित्र र बाहिर गर्ने हरेक सञ्चार सकारात्मक हुनुपर्छ । त्यस्तै, हामी अहिले लचकता पनि कायम गर्नुपर्छ । 

हामीले केही सदस्यहरुसँगको छलफलमा के पायौ भने खाद्यन्नको कारोवार गर्ने केही सदस्यहरुसँग पैसा भएर पनि बचत जम्मा गर्न वा ऋण तिर्न उनीहरु सहकारीसम्म जान सकेका छैनन् । किनकि संस्था बन्द छन् तथा घरदैलो सेवा उपलब्ध गराएको छैन । लकडाउनका कारण मुल्यवृद्धि भएका कारण पनि सदस्यको ऋण तिर्न सक्ने क्षमतामा ह्रास आउछ । यस्ता असरहरुका सम्बन्धमा सहकारीहरुको काम भनेको वित्तीय परामर्श प्रदान गर्नु हो । लकडाउन खुलेपछि सदस्यहरुलाई उनीहरुको बढ्दै गएको किस्ता बुझाउन कठिन हुन्छ । त्यसकारण सहकारीले ऋणको पुरसंरचना तथा पुनर्सम्झौता गर्नुपर्ने हुन्छ । त्यसका लागि वित्तीय परामर्श आवश्यक छ । अर्को काम भनेको लडकाउनका समयमा सदस्यहरुको उत्पादनको बजारीकरणका लागि सहजिकरण भूमिका हो । अर्को काम भनेको सदस्यहरुसँग पहुँच स्थापित गर्ने । त्यस्तै, अर्को भनेको अहिले र लडकाउन सकिएपछि व्यबसाय विकास सेवा लाई सहकारीहरुले एकीकृत गर्ने, जसका माध्यमबाट सदस्यहरुलाई रोजगारी र उद्यमको प्रत्याभूति गर्न सकियोस् ।

“सहकारीहरुले व्यवसाय निरन्तरता योजना (बीसीपी) तयार गर्नुपर्छ । सहकारीका संचालक वा कर्मचारीको रुपमा हामीले संस्था भित्र र बाहिर गर्ने हरेक सञ्चार सकारात्मक हुनुपर्छ । त्यस्तै, हामी अहिले लचकता पनि कायम गर्नुपर्छ । “ अर्को भनेको सदस्यहरुको प्रविधिमा पहुँचको विस्तार हो । यो अबका दिनमा एकदमै महत्वपूर्ण भएको छ । यस विषयमा हाम्रा सहकारीहरुले धेरै गर्न बाँकी छ । हामीले सकेसम्म प्राविधिगत बाटाहरु खोज्नुपर्छ । सदस्यहरुले मोबाइल फोनको प्रयोग गरेर पानी बत्ती, टेलिफोन, केवल रिचार्ज मात्र होइन बचत संकलन र ऋण भुक्तानी लगायतका विविध सेवाहरु संस्थामार्फत उपभोग गर्न सक्ने संस्था बनाउनु पर्ने देखिन्छ । हालसालै बजारमा बिजुलीको बिल, यातायात कार्यालयको शुल्क आदी भुक्तानीको लामो लाइन लागेको देखिएको थियो । त्यसको अन्त्य हाम्रा सहकारीहरु  नगदमा अत्यधिक भर पर्ने प्रचलनलाई निरुत्साहित गर्नुपर्छ ।

यसका लागी सहकारीहरुले हाम्रा सदस्यलाई प्रविधिगत शिक्षा प्रदान गर्नुपर्छ । त्यती नसकेपनि कम्तीमा सहकारी संस्थाको माध्यवाट भुक्तानीको प्रबन्ध गनुपर्ने देखिन्छ । यसको ब्यवस्थापनको लागी सरकारसँग निरन्तर लबिङ र आवश्यक कानुनी संरचना निर्माणको पहलमा लाग्नुपर्ने देखिन्छ । अर्को भनेको सदस्यहरुको संकटलाई जितेर तुरुन्त पुनः लयमा फर्किन्छु भन्ने क्षमता हो । सदस्यहरुमा यस्तो संकटको समाधान आफै गर्न सक्ने सक्षमताको विकास हो । यो मानसिक स्वास्थ्य बाहेक वित्तीय स्वास्थ्यका विषयमा पनि उनीहरुमा तनाव छ । उनीहरुसँग आकस्मित पैसा छैन । त्यही भएर हामीले सदस्य शिक्षामा अनिवार्य वित्तीय साक्षरतालाई समावेश गर्नुपर्छ । जसमा कम्तिमा ६ महिनाको खर्च तथा आम्दानीको सही विश्लेषण गर्न सिकाउनुपर्छ । यसरी प्रशिक्षित ग¥यौ भने मात्र सदस्यहरु यस्तो संकट आफै समाधानका लागि सक्षम हुनेछन् ।

सहकारीहरुले के बुझ्नुपर्छ भने हामीसँग १० प्रतिशत संस्थागत पुँजी छ भने हामी बलियो छौं । सुशासनको विषयमा पनि सञ्चालक समिति यो समयमा थप सक्रिय भई निति, नियम, निर्देशिका समय अनुकुल अध्यावधी वा निर्माण गर्न सकिन्छ भन्ने गर्नुपर्दछ । त्यस्तै, कानूनी संहिताको पालनामा पनि कमी आउन दिनुहुदैँन । अन्त्यमा, संकटको समयमा पनि हाम्रो भूमिकामा केही कमी आउने छैन् भन्नेमा बिश्वास सँगै सदस्यहरुका इच्छा, आकांक्षाहरुको सम्बोधन गर्ने काममा हामीले अतिरिक्त सहयोग उपलब्ध गराउन सक्नुपर्छ

तरलता व्यबस्थापन : तत्कालै तरलता संकट नदेखिएता पनि लकडाउन खुलेपछि बचत संकलनमा लागेको ब्रेक र ऋण असुलीमा देखिएको कमिले संस्थामा रकम आउने बाटो खुम्चिनुका साथै नजिकिदै गहिरहेका चाडपर्व आदिका कारण बचत फिर्ता माग्न आउनेको एकैपटक बृद्धिले तरलता  संकट पार्ने देखिन्छ । तर्सथ सो समयलाई मध्यनजर गर्दै आजका दिनबाटै नियमित बचत लाई चालु बनाउने प्रयास गर्ने र आवश्यक परेकोलाई क्रमिक रुपमा बचत फिर्ता गर्दै लैजानु पर्ने देखिन्छ । केही संस्थाहरुमा तरलता बृद्धि भैरहेको छ र जसले अल्पकालीन तरलता अधिकले बित्तिय खर्चमा बृद्धि भैरहेको छ  । लगानीको विषयमा हामीले सदस्यलाई धेरै ऋणको भार बोकाउने भन्दा  अहिले नयाँ ब्यवसायमा लगानी नगरेकै राम्रो । आधारभुत आवश्यकताका व्यबसाय र कृषकहरुलाई ऋण लगानीलाई निरन्तर दिन सकिन्छ । लगानी प्रक्रिया पुनर्मुल्याङ्कन र संशोधन गुनपर्ने देखिन्छ । ऋणको पोर्टफोलियो पुनर्सरचना गर्नुपर्ने देखिन्छ । सबै सदस्यलाई होइन संकटबाट प्रभावित सदस्यहरुका लागि मात्र ऋण पुनर्सरचना वा पुर्नलगानीको व्यबस्था गर्नपर्दछ । व्यबस्थापकहरुले लकडाउनका कारण प्रभावित ऋणहरु र पुनर्सम्झौता सम्बन्धमा सञ्चालक समितिमा पारदर्शी ढंगले जानकारी गराउनुपर्दछ । बचतको विषयमा वित्तीय परामर्श र वित्तीय साक्षरता तालिमका साथै सबै सदस्यहरुका लागि अनिवार्य आकस्मिक बचत (कम्तिमा ६ महिनाको पारिवारिक खर्च धान्ने रकम बराबरको ) कार्यक्रम लागू गर्नुपर्छ, जुन बचत विपद् बाहेकका अबस्थामा झिक्न नमिल्ने व्यबस्था गरिनुपर्दछ ।

अर्को विषय आम्दानी हो । त्यसका लागि सहकारीमार्फत स्थानीय उत्पादन र घरेलु तथा कुटीर उधोग जस्ता लघु उद्यम प्रवद्र्धन गर्ने ऋण सेवा विकास गर्नुपर्छ । सदस्यहरुको व्यबसाय सफलतामा सहयोग किसिमका प्रवद्र्धनात्मक काममा सहयोग गर्न सकिन्छ । बाहिरी ऋण छ भने पुनर्सम्झौता गर्ने समय अहिले हो । सञ्चालन तथा पुँजीगत र्खचहरुमा सकेसम्म कम गनुपर्ने देखिन्छ । यो समय  संस्थाको कर्मचारीको बिमा, स्यानिटाइजर, मास्क लगायत अतिरिक्त खर्चहरु छन्  स्थिर सम्पति जोड्ने योजनाहरु अहिलेलाई पर सार्नु नै राम्रो हुन्छ । संस्थागत पुँजी कुल सम्पत्तिको अनुपातमा १० प्रतिशत कायम राख्ने कोशिस गर्नुपदर्छ । संकटका समयमा वित्तीय सन्तुलनका लागि यो आवश्यक छ ।  सहकारीहरुले के बुझ्नुपर्छ भने हामीसँग १० प्रतिशत संस्थागत पुँजी छ भने हामी बलियो छौं । सुशासनको विषयमा पनि सञ्चालक समिति यो समयमा थप सक्रिय भई निति, नियम, निर्देशिका समय अनुकुल अध्यावधी वा निर्माण गर्न सकिन्छ भन्ने गर्नुपर्दछ । त्यस्तै, कानूनी संहिताको पालनामा पनि कमी आउन दिनुहुदैँन ।

अन्त्यमा, संकटको समयमा पनि हाम्रो भूमिकामा केही कमी आउने छैन् भन्नेमा बिश्वास सँगै सदस्यहरुका इच्छा, आकांक्षाहरुको सम्बोधन गर्ने काममा हामीले अतिरिक्त सहयोग उपलब्ध गराउन सक्नुपर्छ । सहकारी बैंक, बिभिन्न संघहरुले सञ्चालन  कार्यक्रमहरुमा सहभागितामा सहकारीहरुको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकसँग संस्थामा बित्तिय समस्या परेमा तत्काल सम्र्पक, समन्वय र  सुमधुर सम्बन्ध कायम गर्दै संस्था सञ्चालन गर्नु नै आजको दिन सहकारी संघ/संस्थाले गर्नुपर्ने काम हो । ( लेखक :राष्ट्रिय सहकारी बैंकको तालिम बिभागमा कार्यरत छन् ) 
 



Leave a comment