हाइलाइट

नेफ्स्कून सिइओको जिम्मेवारी, पोखरेललाई

नेफ्स्कून सिइओको जिम्मेवारी, पोखरेललाई :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रकाश पोखरेलले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको पाँच वर्षे कार्यकाल सकिएपछि पोखरेलले कार्यवाहक जिम्मेवारी पाएका हुन् ।

चितवनमा २२ र २३ गते बसेको नेफ्स्कूनको बोर्ड बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सिईयोको जिम्मेवारि दिइएको जनाइएको छ ।

गत वर्षको असार १ गतेदेखि लागू हुनेगरी नेफ्स्कूनले नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरेललाई नियुक्त गरेको थियो । एक वर्षको अवधिमा पोखरेलले गरेको कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै नेफ्स्कून बोर्डले नयाँ जिम्मेवारी दिएको हो ।



Leave a comment