दोलखा । दोलखामा दशवटा सहकारीले एकीकरणकालागि स्विकृती पाएका छन् । एकिकरण पछि संस्थाको नाम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था रहनेगरी एकिकरण स्विकृत पाएका हुन् ।
एकिकरण हुने संस्थामा मिलिजुली साकोस, श्री धर्तिमाता साकोस श्री प्रगतिशिल परोपकार साकोस, एकता साकोस, श्री ध्रुवतारा कृषि सहकारी, श्री च्यासे भगवती साकोस, लामपोखरी कृषि सहाकारी, श्री जल्पाश्वरी महिला कृषि सहकारी, श्री शुभलक्ष्मी साकोस र श्री गगनचुम्बी साकोस बिच एकीकरण भई मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको स्विकृत पाएको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ईश्वर न्यौपानेले जानकारी दिए ।
प्रदेश सरकार–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ले असार ५ गते एकिकरणको अनुमती पत्र दिएको हो । दशवटा संस्था एकीकरण पश्चात हाल मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थामा महिला शेयर सदस्य ११ हजार ४ सय ९० जना, पुरुष शेयर सदस्य १० हजार १ सय ५२ जना र बालबचतकर्ता ८ हजार ३ सय ६८ गरी कुल ३० हजार १० जना रहेका छन् । एकीकरण पश्चात संस्थाको कुल पुँजी १ अर्ब १८ करोड १० लाख ९० हजार ५ सय र शेयर पूँजी ९ करोड ४० लाख १८ हजार ९ सय रुपैँया रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।
Leave a comment