हाइलाइट

आदर्श सञ्चारद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग    

आदर्श सञ्चारद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग     :: Sahakari Akhabar

बागलुङ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी विमला पुनको परिवारलाई संस्थाले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको हो ।

अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत पहिरो पीडित परिवारलाई खाद्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिइन् । संस्थाले पहिरो पीडित परिवारलाई तीन बोरा चामल, एक कार्टुन तेल, दश केजी नून वितरण गरेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिए । गत असार ६ गते बर्षासँगै घर माथिबाट पहिरो खस्दा विमला पुनको ज्यान गएको थियो । उनका श्रीमान टोपबहादुर पुन सहित अन्य सदस्यले भने भागेर ज्यान बचाएका थिए ।



Leave a comment