हाइलाइट

यी हुन् अन्तर्राष्ट्रिय सहकारी दिवसमा पुरस्कार पाउने संस्था

यी हुन् अन्तर्राष्ट्रिय सहकारी दिवसमा पुरस्कार पाउने संस्था :: Sahakari Akhabar

काठमाडौं ।  ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सहकारी संघ/संस्था पुरस्कृत भएका छन् । राष्ट्रिय सहकारी महासघले ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा देशभरका सहकारी संघसंस्था मध्येबाट छनोट गरी पुरस्कृत गरेको हो ।

पुरस्कृत संघसंस्थाहरुमा, केन्द्रीय सहकारी संघहरुमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून) जिल्लास्तरीय संघहरुमध्येबाट जिल्ला सहकारी संघ बाँके पुरस्कृत भएको छ । प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाईलाई सम्मान गरिएको छ । जसमा प्रदेश २ बाट साना किसान कृषि सहकारी संस्था, रौतहट, बागम्ती प्रदेशबाट चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की, प्रदेश ५बाट जनउत्थान साकोस, रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था, सुर्खेत पुरस्कृत भएका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उत्कृष्ट सहकारी संघ संस्थाहरुलाई पुरस्कार बितरण गरेकी थिइन् ।

सो अवसरमा सदस्य संघहरुलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा १० वटा संघलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जसमा मोरङको जिल्ला कृषि सहकारी संघ, जिल्ला सहकारी स.घ तेह्रथुम, सप्तरी र सिन्धुलीको जिल्ला बचत तथा ऋण सहकारी स.घ रहेका छन् । त्यसैगरी काठमाडौंको जिल्ला बहुउद्देश्यीय सहकारी संघ, ललितपुरका जिल्ला बचत तथा ऋण सहकारी संघ, केन्द्रीय दुग्ध सहकारी संघ रहेका छन् । त्यसैगरी उपकरण सहयोग प्राप्त गर्नेमा स्याङजाको जिल्ला बचत तथा ऋण सहकारी संघ, पाल्पाको जिल्ला सहकारी संघ र दार्चुलाको जिल्ला सहकारी संघ रहेका छन् ।

नमुना कोपसप पवद्र्धनका लागि १५ लाख प्रदान 
नमुना कोपसपको संचालन गरिरहेको शुभलक्ष्मी सहकारी संस्था गौराहदह झापालाई राष्ट्रिय सहकारी महासंघले १५ लाख अनुदान पैदान गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले नमुना कोपसको प्रवद्र्धनका लागि अनुदान वापत सो रकम बराबरको चेक हस्तान्तरण गरीन् । उपभोक्ता सहकारीको प्रवद्र्धन गर्ने र कोपसपमार्फत स्थानीय उत्पादनको बजारीकरण, कोप ब्रान्ड स्थापना गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सो अनुदान प्रदान गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताइन् ।

यस अघि महासंघले भक्तपुरको एक उपभोक्ता सहकारीको प्रवद्र्धनका लागि अनुदान प्रदान गरेको थियो । सहकारी पसल संचालन गर्ने विषयलाई संघीय बजेटले समेत प्राथमिकता दिएको छ ।
 



Leave a comment