हाइलाइट

साकोस संघ भक्तपुरले ८० लाखसम्म सरल ब्याजमा सहुलियत ऋण दिने

साकोस संघ भक्तपुरले ८० लाखसम्म सरल ब्याजमा सहुलियत ऋण दिने :: Sahakari Akhabar

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुमा तरलता अभाव हुन नदिन ८० लाख सम्म सहुलियत ऋण दिने जनाएको छ । कोरोना भाइरसबाट सुरक्षित रहन गरिएको बन्दाबन्दीका कारण समयमा ऋण असुली हुन नसकेका कारण तरलता अभाव ब्यहोरिरहेका संस्थाहरुलाई ९ दशमलव ५ प्रतिशतमा नै ऋण उपलब्ध गराइने संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जनाएका छन् । बन्दाबन्दीका कारण सहकारी सदस्यहरुको कारोबार प्रभावित भएको हुँदा लगानी भएको साँवा ब्याज असुली प्रभावित भएको छ ।

उनले भने “ऋण असुली समयमा हुन नसक्दा सदस्य संस्थामा ऋण योग्य रकम र तरलता अभाव हुन नदिनका लागि ९ दशमलव ५ प्रतिशतमै सहकारीको व्यवसाय प्रबद्र्धन गर्न एउटा संस्थालाई रु. ८० लाखसम्मको नयाँ विशेष ऋण सेवा संचालनमा ल्याएका हौं” । अर्कोतर्फ कतिपय संस्थामा भने तरलतामा वृद्धि भएको संघले जनाएको छ । भक्तपुर जिल्लामा ४७३ बचत तथा ऋण सहकारी भएपनि ११९ वटा संस्था संघमा आवद्ध रहेका छन् । ती मध्ये अधिकांश समुदाय स्तरमा सञ्चालित रहेका छन् । स्थानीय समुदायको विश्वास समुदाय स्तरको सहकारीमा बढेकाले ती सहकारीमा यस अवधिमा उल्लेख्य तरलता वृद्धि हुन गएको अध्यक्ष लाखाजुको धारणा छ ।

संकटकै बीच पनि सहकारीहरुले आवश्यक सावधानी अपनाएर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको उनले बताए । यसले गदा आगामी दिनमा सहकारीहरु क्षेत्र थप सशक्त हुने बताए । संघका व्यवस्थापक बालकृष्ण धोजु सहकारीहरुले हरेक संकटलाई अवसरको रुपमा लिनुपर्ने बताउँछन् । संघले विनाशकारी भुकम्पबाट क्षति पुगेका घर निर्माणका लागि ८ प्रतिशतमा पुन निमार्ण ऋण लगानी यथावत रहेको जनाए । साथै संघले तरलता अभाव भएको बेला विना धितो ४० लाख सम्मका ऋण, सहकारीको दिगो विकासको लागि ५ बर्षे सहकारी दिगो ऋण ११ दशमलव ५ प्रतिशतमा नै प्रदान गरिरहेको छ । “जिल्लामा हाल तरलता अभाव भन्दा पनि तरलता अधिक भएको अवस्था छ” धोजुले भने ।
 



Leave a comment