हाइलाइट

इलामका ३ वटा सहकारी संस्था एकिकरण हुुने

इलामका ३ वटा सहकारी संस्था एकिकरण हुुने :: Sahakari Akhabar

ईलाम । सुर्योदय नगरपालिकाका ३ वटा सहकारी संस्था एकीकरण हुने भएका छन् । एकता बचत तथा ऋण सहकारी संस्था, गर्दने भञ्ज्याङ कृषि सहकारी संस्था र नमस्ते कृषि सहकारी संस्था एकिकरण हुने नगरपालिकाले जनाएको छ ।

एकीकरण पश्चात एकता बचत तथा ऋण सहकारी संस्थाको नामबाट संयुक्त कारोबार सुरु हुने जानकारी दिइएको छ । सहकारी संस्थाको एकिकृत वित्तिय स्थिति कुल २ करोड ८२ लाख ९७ हजार हुने र शेयर सदस्यहरु जम्मा ३ सय ७७ जना भएको संस्थाले जानकारी दिएको छ ।

सहकारी एकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख आर बि.राईले एकीकरण पछि बन्ने एकिकृत सहकारी संस्था नगरकै नमुना संस्था बन्ने विश्वास ब्यक्त गरे । सूर्योदय नगरपालिकाले नीति तथा कार्यक्रममै एक वडा एक बिषयगत सहकारी संस्थाको कार्यक्रमलाई प्राथमिकतामा राखेको प्रमुखले जानकारी दिए । 
 



Leave a comment