काठमाडौं । नयाँबानेश्वरमा रहेको बाराही बहुउद्धेश्यीय सहकारीले ऋणको ब्याज र बिलम्ब शुल्कमा छुटै छुट दिएको छ । संस्थाले लक डाउन देखी असार मसान्तसम्मको विलम्ब शुल्कमा सय प्रतिशत छुट दिएको छ ।
त्यसैगरी असार मसान्तसम्म हालसम्मको सवै ऋणको विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिएको छ । संस्थाले सबै प्रकारका ऋणमा लागेको ब्याजमा ५० प्रतिशत सम्म ब्याज तिरेमा सो ब्याजको तुरुन्तै दुई प्रतिशत छुट तथा सबैप्रकारका ऋणमा लागेको ब्याजको सय प्रतिशत ब्याज तिरेमा ब्याजको ४ प्रतिशत छुट दिने जनाएको छ । संस्थाले नियमित वचतहरुलाई ३ महिना थप समय दिई निरन्तरता दिनेपनि जनाएको छ ।
Leave a comment