मोरङ । दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सुझाव अनलाइन मार्फत संकलन गर्ने भएको छ । संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको लागि शेयर सदस्यहरुको सुझाव संकलन गर्न लागेको हो ।
लामो समयदेखि देश बन्दाबन्दिको अवस्थामा रहेको र अत्यावश्यक कामदेखि बाहेक अन्य सामान्य कामको लागि घर बाहिर निस्कन, भिडभाड गर्न कडाई गरेको कारण संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको लागि सदस्यहरुको घर–घरमा गएर सुझाव संकलन गर्न, भेला मार्फत सुझाव लिन सम्भव नभएकोले अनलाईन मार्फत सुझावह लिन लागेको जनाएको छ ।
संस्थाले सुझावकालागि अनलाईन फारम विकास गरिएको र सदस्यहरुले फारम भरी आफ्ना रचनात्मक, अमुल्य सुझावहरु दिन अनुरोध गरेको छ ।
Leave a comment