सहकारी र लघुवित्तको ब्यवसाय करको दर एउटै 

सहकारी र लघुवित्तको ब्यवसाय करको दर एउटै  :: Sahakari Akhabar

काठमाडौँ । महानगरपालिकामा रहेका सहकारी र लघुवित्त संस्थाहरुले ब्यवसाय कर बराबरी तिर्नुपर्ने भएको छ । महानगरमा संचालन भएका सहकारी तथा लघुवित्त संस्थाहरुलाई ब्यवसाय कर वार्षिक ५ हजार तोकिएको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गर्दै ब्यवसाय करको दर तोकेको हो । असार १० गते महानगरपालिकाकी उपमेयर हरीप्रभा खड्कीले नगरसभाको सातौं अधिवेशनमा बजेट पेश गरेकी थिइन् । बजेटमा व्यवसायको प्रकृतिका आधारमा दर तोकेको छ ।

सहकारी बैंकको केन्द्रिय कार्यालयले बार्षिक २५ हजार तथा शाखाहरुले वार्षिक १५ हजार ब्यवसाय तिर्नु पर्ने छ । त्यसैगरी सहकारी र लघुवित्तले बार्षिक ५ हजार तथा सहकारीका शाखा तथा सम्पर्क कार्यालयहरुले वार्षिक ३ हजार ब्यवसाय कर तिर्नु पर्ने छ भने महिला सहकारीहरुले वार्षिक २ हजार ब्यवसाय कर तिर्नु पर्ने भएको छ ।

बजेटमा व्यवसायको प्रकृतिका आधारमा दर तोकिएको छ । प्रस्तुत बजेटमा पूँजीगत लगानी, आर्थिक कारोबार, ब्यवसायको प्रकृति र प्रकारका आधारमा दर तोकिएको छ । महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा ब्यापारिक बस्तु, विशेषज्ञ परामर्श सेवा, उत्पादन तथा ब्यवसायमूलक उद्योग, कृषि तथा खाद्यान्न, होटल, पर्यटन तथा मनोरञ्जन ब्यवसाय, संचार सेवा ब्यवसाय, वित्तिय सेवा ब्यवसाय, स्वास्थ्य सेवा ब्यवसायलगायतको करको दर तोकिएको छ ।



Leave a comment