हाइलाइट

उपासना महिला साकोसले, ऋणी सदस्यको पनि एकलाखको बीमा गरिदिने

उपासना महिला साकोसले, ऋणी सदस्यको पनि एकलाखको बीमा गरिदिने :: Sahakari Akhabar

काठमाडौं । सितापाइलामा रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले ऋणको  सावाँ र  ब्याजको किस्ता  भुक्तानी  गर्ने सदस्यको एक लाख बराबरको बीमा गरिदिने भएको छ ।

संस्थाले असार १ गते देखि मसान्तसम्म ऋणी सदस्यहरुले लिएको कर्जा तथा सापटीको सम्पूर्ण सावाँ तथा ब्याजको किस्ता  चुक्ता गरेमा एकलाख बराबरको म्यादी बीमा गरिदिने निणर्य भएको संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले जानकारी दिएकी छन् । उनले सदस्यहरुलाई उक्त समय भित्र कर्जा तथा सापटीको सम्पूर्ण सावाँ तथा ब्याज भुक्तानीगरी लाभ लिन आग्रह गरेकी छन् । 

उनले विपतमा परेका सदस्यहरुलाई खाद्यान्न खरिदकालागि महामारी सहुलियत कर्जा बाट ५० हजार सम्म लगानी गर्ने गरेको जनाइन् । साथै संस्थाले सदस्य, कर्मचारी, संचालक समिति र उपसमितिहरुको कोरोना बीमा गरीसकेको जानकारी दिइन । संस्थाले चैत्र २० गतेदेखि सदस्य तथा कर्मचारीहरुको सुरक्षालाई ध्यानमा राखि निरन्तर संचालन गरीरहेको जानकारी दिइन । 



Leave a comment