हाइलाइट

सम्भावना बोकेको ७६ को सहकारी नारा, कोरोनाको ओझेलमा 

सम्भावना बोकेको ७६ को सहकारी नारा, कोरोनाको ओझेलमा  :: Sahakari Akhabar

मर्यादित श्रमको मान सहकारी क्षेत्रले राखेर उदाहरणीय बन्न सक्नुपर्छ । नीजि क्षेत्रमा जस्तो श्रमको शोषण, विभेद र विभाजनका रेखाहरु सहकारी क्षेत्रमा कोरिन नहुनेतर्फ आफुहरु सचेत रहेको मतैक्य सहकारीकर्मीहरुको रहेको छ । हरेक सहकारीले जनशक्ति वा मानव संशाधनको नीतिगत व्यबस्थापन गर्दा मर्यादित श्रमका विषयहरु सुक्ष्म सम्बोधन गर्नुपर्छ । यसमा राष्ट्रिय सहकारी महासंघ र सबै विषयगत केन्द्रीय संघहरुको स्वघोषणा, निर्देशन, अनुगमन र सहजिकरण आवश्यक हुन्छ ।

काठमाण्डौं । कोरोना (कोभिड–१९ ) का कारण गत बर्ष तय गरिएको सहकारी नारा ओझेलमा परेको छ । राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष चैतको २० गतेकालागि छुट्टै सहकारी नारा तय गर्ने गरेको छ ।

यो वर्ष मूलुकले ६३ औं राष्ट्रिय सहकारी दिवस मनाउँदै थियो । सहकारीको सकृय सहभागिताकालागि सहकारी महासंघले तय गर्ने सहकारी नाराले नियामक निकायहरुलाई नीति निर्माणमा सहयोग गर्ने र सहकारीहरुलाई पनि छुट्टै पथ प्रदर्शकको रुपमा नाराको महत्व हुने अपेक्षा पनि लिइने गरिन्छ ।

त्यसैले यस वर्ष नेपाल सरकारले भिजिट नेपाल २०२० मनाईरहेको अवसरमा राष्ट्रिय सहकारी महासंघले पनि यसैलाई आधार मानेर सहकारी मार्फत पर्यटन प्रवद्र्धन र श्रमको मर्यादालाई सम्मान गर्न “मर्यादित श्रम र पर्यटनकालागि सहकारी” भन्ने थिम (नारा) तय गरेको थियो । मूलुकमा कोरोना प्रभाव नपर्दै तय गरेको नाराले यो वर्ष ब्यापक प्रचार प्रसार पाउन भने सकेन । तथापी आगामी दिनमा सहकारीलाई आन्तरिक र बाह्य पर्यटनमा समाहित गर्न भने सकिने सहकारी अगुवाहरु बताउँछन् ।

नारा एक वर्ष सम्झनमात्र नभएर सहकारीहरुकालागि सधैंभरीको लगानीको उत्तम क्षेत्रका रुपमा हेर्नुपर्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको भनाई छ । संघिय सरकारको बजेटमा पनि प्रयर्टनको विषयलाई फोकस गरेकोले यस क्षेत्रमा सहकारीहरुले आफ्नो उपस्थिति जनाउनु पर्ने र जनाउने छन् भन्नेमा पनि विश्वास रहेको अध्यक्ष कंडेलले बताए । कोरोना पछि पर्यटन सहकारीहरुले होटल, रेष्टुरेण्ट, होमस्टे संचालन गर्ने, टुरिष्ट गाइडहरु प्रोभाइड गराउनेसम्मको काम गर्न सकिने उनको भनाई छ ।

मर्यादित कामले मर्यादित जीवन जीउन सक्ने आधार सृजनाको जग बसाल्नुपर्छ भन्ने विश्वव्यायी मान्यता हो । सहकारी क्षेत्रले परिचालन गरेको पुँजी, सेयर र बचत श्रमिकहरुको पसिना हो । बारीका विविध कृषि परिकारदेखि लिएर घरेलु, हस्तकला, पुस्तकलगायत सहकारीसँग जोडिएका उत्पादनहरु सेवा विविधिकरणको श्रमिकहरुको सृजना हुन ।

सहकारी मार्फत पर्यटन प्रवद्र्धनका काम गर्न महासंघले गाइडलाइननै बनाइसकेको  भएता पनि कोरोनाका कारण तत्काल देखिने गरी काम नभएको उनको भनाई छ । स्थानीय उत्पादनहरुको प्रवद्र्धन तथा घरेलु उत्पादन, हस्तकला तथा शिल्पकलाको प्रचार प्रसार, स्थानीय उत्पादन विक्रि गर्न सकिने अध्यक्ष कंडेल बताउँछन् । स्थानीय कला संस्कृति र सम्पदाहरुको संरक्षण, प्रचार प्रसारमा सहकारीले महत्वपूर्ण भूमिका निभाउन सक्ने उनले बताए । देशको आम्दानीको ठूलो श्रोत पर्यटन क्षेत्र भएकोले लकडाउन सकियपछि प्रर्यटन प्रवद्र्धनमा सहकारीहरुले राम्रै भूमिका खेल्न सक्ने अध्यक्ष कंडेलको भनाई छ । सहकारीमा पर्यटन प्रवद्र्धका धेरै सम्भावना रहेको अध्यक्ष कंडेलको भनाई छ ।

पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्न स्थापना भएका एक सय सहकारीहरु कोरोनाका कारण ब्यवसायमा लगानी गर्न नसकेको नेपाल पर्यटन सहकारी केन्द्रिय संघका उपाध्यक्ष मुकुन्द दाहालले बताए । पुगनपुग एक सयको हाराहारीमा मूलुकमा प्रारम्भिक पर्यटन सहकारी संस्थाहरु र सर्लाही र ललितपुरमा गरी दुईवटा जिल्ला संघ स्थापना भएको उनले जानकारी दिएकाछन् । त्यसैगरी केन्द्रिय संघमा ३० वटा संस्था आवद्ध भएको दाहालले जानकारी दिए । उनले भने “तत्काल नमुना योग्य र देखाउने गरी कुनै काम भएको छैन । सौरहामा हात्ती सफारी गर्ने काम सहकारी मार्फत भएको छ भने त्यसबाहेक अन्य क्षेत्रमा पनि पहल भइरहेको छ, नतिजाकोलागि समय लाग्छ ।” आन्तरिक र बाह्य पर्यटककैलागि नमुना होटल स्थापना गर्न खोजेको त्यसमा पनि निजीसंग साझेदारीमा काम गर्नुपर्ने अवस्था रहेको दाहालको भनाई छ ।

उनले सहकारीले अगाडी वढाउन लागेको होटल ब्यवसायलाई निजीको साझेदारीबिना सम्भव नभएको बताए । उनले कोरोना पछि नमुना काम गर्ने पनि बताए । जिल्ला जिल्लामा प्रर्यटन क्षेत्रको संभावनाको पहिचान गरी प्रत्येक जिल्लामा सहकारी स्थापना गरी सहकारी मार्फत प्रवद्र्धनको काम अगाडी बढाउने सोच रहेको उनले बताए । सहकारीको सकृयतामा चाँही प्रयर्टन प्रवद्र्धनमा सम्भावना रहेकोले त्यसतर्फ पहल भइरहेको दाहालले भने । प्रर्यटन प्रवद्र्धन लगाएतका विषयमा सहकारीको भूमिका राज्यको जस्तै महत्वपूर्ण हुने काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी केसीको भनाई छ । उनी भन्छन् “पहिलो त यसै विषयका सहकारी गठन गरेर पनि अघि वढ्न सक्नु पर्छ । भएका यसै उद्देश्यका सहकारीले पर्यटन प्रवद्र्धनका काम गर्नु पर्छ ।

त्यस्ता संस्थाले पर्यटनका सम्भावित क्षेत्रको अध्यायन गरी स्थानीय पहिचान बोकेको विषयको प्रवद्र्धन हुनेगरी अन्तरिक र बाह्य पर्यटक भित्र्याउन सक्छन भने, वित्तिय वा अन्य सहकारीले पनि स्थानीय सहकारीका सदस्यहरुको उत्पादन, स्थानीय पहिचानका बस्तुहरुलाई एक अर्काविच सहकार्य गरेर आन्तरिक तथा बाह्य रुपमा पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।” सहकारी, सहकारीमा हुने अध्यायन भ्रमण जस्ता कुरालाई पनि आन्तरिक पर्यटनसंग जोडेर पर्यटन प्रवद्र्धन गर्न सकिने उनको बिचार छ ।

पछिल्लो तथ्याङ्कले ६० हजार ५ सय १७ जनाले सहकारीमा श्रम गरीरहेका छन् । जसमा महिला २९ हजार ४२ र पुरुष ३१ हजार ४ सय ७५ रहेका छन् । सहकारी संगठित श्रम अभ्यास गर्ने प्रजातान्त्रिक थलो हो । सहकारी श्रमिक मैत्री सामाजिक उद्यम हो भन्ने प्रमाणित गर्नुपर्ने आजको आवश्यकता भएको जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष रामहरी केसी बताउछन् ।

कोभिड–१९को दूरगामी प्रभावका बीच अथर्तन्त्र संकुचनका स्पष्ट संकेतहरु देखिएको अहिलेको अवस्थामा सहकारी नाराको औचित्य झनै बढेको यस क्षेत्रका विज्ञहरु स्वीकार्छन । विश्वव्यापी महत्वका विषय श्रम र पर्यटन समेटेको नाराले वर्तमान समयमा मात्र नभएर भोलिका दिनमा यसलाई अझ तदरुकताका साथ सहकारीसंगै लैजानुपर्ने बताउँछन् । आर्थिक र भौतिक हिसाबले विकासोन्मुख तर प्राकृतिक, भौगोलिक, साँस्कृतिक, सामाजिक, जातिय, धार्मिक, मौलिकआदि हिसाबले वैभवशाली मुलुकका लागि यी दुवै विषय अत्यन्त महत्वपूर्ण मात्र नभएर संवेदनशील पनि छन् । सहकारीलाई यीनै विषयसंग जोडेर लान सकियो भने स्थानीय स्तरमा आर्थिक, सामाजीक र सास्कृतिक उपलब्धी हाँसिल गर्न सकिने सहकारीकर्मी बताउँछन् ।

पर्यटकीय स्थान पहिचान गरी कला, सस्कृति र उत्पादनको संरक्षण, प्रवद्र्धन गर्न सकिने भक्तपुरमा रहेको बुद्ध दर्शन पर्यटन सहकारीका कार्यकारी प्रमुख राजेश लामाको बिचार छ । होमस्टे, कोसेलीघर, हस्तकला, यातायात, सांस्कृतिक क्षेत्रको अवलोकन भ्रमणका कार्यक्रममा सहकारीहरु जोडिन सक्ने प्रचुर सम्भावना रहेको उनले बताए ।

वार्षिक रुपमा हुने अन्तरसहकारी अबलोकन भ्रमण, सहकारीका कर्मचारीहरुलाई वार्षिक रुपमा उदाहरणीय सहकारीहरुको भ्रमणमा जान प्रेरित गर्ने देखि लिएर, व्यक्तिगत वा पारिवारिक भ्रमणमा जाँदा समेत सहकारी सम्भावनाका कोसेलीहरु बोकेर ल्याउन प्रेरित गरिनु पर्ने काठमाडौको कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारीका प्रवन्धक खड्गप्रसाद सुब्बाले बताए । उनले आन्तरिक पर्यटन प्रवद्र्धनले मुलुक समृद्ध बन्ने र सहकारी सदस्यहरुले देशलाई नजिक बाट चिन्ने अवसर प्राप्त गर्ने अवसर पाउने बताए । यसलाई सहकारीको सामाजिक उत्तरदायित्वसँग पनि जोडेर हेर्नुपर्ने उनको भनाई छ ।

आन्तरिक पर्यटकीय स्थल र क्षेत्रहरुको प्रवद्र्धन, प्रचार प्रसारमा सहकारी संघ संस्थाहरु जोडिनुपर्दछ यसले उनीहरुको छवि विस्तारमा सकारात्मक भूमिका खेल्दछ सुब्बाले भने । यसका लागि पर्यटन सहकारी संस्था खोलेर वा अरु सहकारीहरुले पनि पयर्टनलाई प्रधानता दिएर कार्यक्रमहरु अघि सार्न पर्ने सुब्बा बताउँछन् ।

महासंघका अध्यक्ष कंडेल । सहकारीबाटै मर्यादित श्रमको कुरा लागु गरेर जानु पर्छ सहकारीबाटै मर्यादित श्रमको सुरुवात गरौं भनेर नारामा समावेस गरेको उनले बताए । अधिकांश सहकारीमा मर्यादित श्रम लागु भइसकेको पनि कंडेलले बताए । मर्यादित श्रममा सहकारीमा काम गर्ने कर्मचारीहरुको तलब सुविधा, भत्ता, नियुत्ती बिमा, शिक्षा तालिम जस्ता कुराहरु आउने कंडेलको भनाई छ ।

एकातिर श्रमले गरिबी, बेरोजगारी, अभाव, शोषण, विभेद, उत्पीडन, असमानता, असहिष्णुता जस्ता पाटाहरु समेट्छ भने अर्कोतर्फ पर्यटनले हार्दिकता, सांस्कृतिक विविधता, प्राकृतिक आयामहरुसँग महत्वको विषयलाई अटाउँदछ । दुई ध्रुवमा विभक्त यी क्षेत्रहरुलाई नेपाली सामाजिक अर्थव्यवस्थाको एउटा सशक्त खम्बा सहकारीसँग औपचारिक तवरले नारामा जोड्नु महत्वपूर्ण काम भएको सहकारी क्षेत्रको भनाई छ ।

सहकारी क्षेत्र श्रमिकहरुको जगमा उभिएको क्षेत्र भएको दाबी गर्छन् महासंघका अध्यक्ष कंडेल । सहकारीबाटै मर्यादित श्रमको कुरा लागु गरेर जानु पर्छ सहकारीबाटै मर्यादित श्रमको सुरुवात गरौं भनेर नारामा समावेस गरेको उनले बताए । अधिकांश सहकारीमा मर्यादित श्रम लागु भइसकेको पनि कंडेलले बताए । मर्यादित श्रममा सहकारीमा काम गर्ने कर्मचारीहरुको तलब सुविधा, भत्ता, नियुत्ती बिमा, शिक्षा तालिम जस्ता कुराहरु आउने कंडेलको भनाई छ ।

पछिल्लो तथ्याङ्कले ६० हजार ५ सय १७ जनाले सहकारीमा श्रम गरीरहेका छन् । जसमा महिला २९ हजार ४२ र पुरुष ३१ हजार ४ सय ७५ रहेका छन् । सहकारी संगठित श्रम अभ्यास गर्ने प्रजातान्त्रिक थलो हो । सहकारी श्रमिक मैत्री सामाजिक उद्यम हो भन्ने प्रमाणित गर्नुपर्ने आजको आवश्यकता भएको जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष रामहरी केसी बताउछन् । उनी सहकारीको क्षेत्रमा मर्यादित श्रमको कुरा गर्दा, श्रम ज्यादा पारिश्रमिक कम अनि मनिटरी भ्याल्यु पनि दिन नसकेको स्विकार्नु पर्ने बताउँछन् ।

सम्मान अनि भविश्य चाँही सहकारी क्षेत्र भएको उनको बिचार छ । संचालककालागि विभिन्न वृति विकासका कार्यक्रम भएपनि, कर्मचारीका वृति विकासका काम नभएका हुनाले कर्मचारीको सहकारी प्रतिको अरुची हुनसक्ने उनको बुझाई छ । केसी भन्छन् “अधिकांश सहकारीले श्रम ऐन अनुसार श्रमको मूल्य दिन थालेका छन् श्रमले जिविकोपार्जन भएर मात्र हुँदैन, योगदानको कदर पनि हुनु पर्छ । उसको जिवनका उर्जाशिल समय सहकारीकोलागि खर्चिएको छ भने, उसले स–सम्मान साथ जिवन भर बाँच्न सक्ने आधार पनि सहकारी हुनु पर्छ ।” सहकारी भित्रको मर्यादित श्रमको मुद्दालाई मूल प्रवाहमा ल्याएर, ऐन कानुन बनाएर प्रत्येकलाई कानुन लागु गर्न बाध्य बनाउनु पर्ने केसीको भनाई छ ।

मजदुरहरुले सुरिक्षत रुपमा दैनिक ८ घन्टा काम ८ घन्टा आराम र बाँकी ८ घन्टा मनोरञ्जन गर्न पाउने वातावरण सृजना गर्न सहकारीहरु लाग्नुपर्ने हुन्छ । त्यसका लागि नियुक्ति पत्र, कर्मचारीको मान्यता, अनावश्यक कामको बोझ, सेवा सुविधामा कन्जुस्याइँ सँगै मर्यादित श्रमको विषय लैङ्गिक रुपमा पनि जोडिन्छ । महिला सहभागिताका दृष्टिकोणले अत्यन्त राम्रो मानिएको सहकारी क्षेत्रमा कर्मचारीको रुपमा कार्यरत महिलाहरु सेवा र सुविधामा अपहेलित भएको भन्ने स्थिति उत्पन्न हुनुहुँदैन । कार्यस्थलमा महिला सुरक्षा, संवेदनाका विषयहरु सम्बोधन गरिनुपर्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार मर्यादित श्रमले सार्थक र उत्पादनमूलक काम, लाभ र सामाजिक सुरक्षा, बलियो श्रम कानूनबाट संरक्षित, श्रमिक अधिकारको सुनिश्चितता जस्ता विषयहरु उठाएको छ । मर्यादित कामले मर्यादित जीवन जीउन सक्ने आधार सृजनाको जग बसाल्नुपर्छ भन्ने विश्वव्यायी मान्यता हो । सहकारी क्षेत्रले परिचालन गरेको पुँजी, सेयर र बचत श्रमिकहरुको पसिना हो

समुदायस्तरमा प्रजातान्त्रिक अभ्यासको गतिलो उदाहरण प्रस्तुत गर्ने सहकारीका सदस्यहरु पनि यस विषयमा सचेत हुन जरुरी छ । सहकारीका सदस्य र कर्मचारीहरु मात्र होइन स्वयंसेवी सञ्चालकहरु पनि श्रमिककै रुपमा कार्यरत रहेको परिप्रेक्ष्यमा यी ३ वटै खम्बाले आफ्नो संस्थामा आफ्नै पहिचानसँग जोडिएको क्षेत्रको हक र अधिकार सुनिश्चित गर्ने वातावरण कायम गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार मर्यादित श्रमले सार्थक र उत्पादनमूलक काम, लाभ र सामाजिक सुरक्षा, बलियो श्रम कानूनबाट संरक्षित, श्रमिक अधिकारको सुनिश्चितता जस्ता विषयहरु उठाएको छ । मर्यादित कामले मर्यादित जीवन जीउन सक्ने आधार सृजनाको जग बसाल्नुपर्छ भन्ने विश्वव्यायी मान्यता हो । सहकारी क्षेत्रले परिचालन गरेको पुँजी, सेयर र बचत श्रमिकहरुको पसिना हो । बारीका विविध कृषि परिकारदेखि लिएर घरेलु, हस्तकला, पुस्तकलगायत सहकारीसँग जोडिएका उत्पादनहरु सेवा विविधिकरणको श्रमिकहरुको सृजना हुन ।

मर्यादित श्रमको मान सहकारी क्षेत्रले राखेर उदाहरणीय बन्न सक्नुपर्छ । नीजि क्षेत्रमा जस्तो श्रमको शोषण, विभेद र विभाजनका रेखाहरु सहकारी क्षेत्रमा कोरिन नहुनेतर्फ आफुहरु सचेत रहेको मतैक्य सहकारीकर्मीहरुको रहेको छ । हरेक सहकारीले जनशक्ति वा मानव संशाधनको नीतिगत व्यबस्थापन गर्दा मर्यादित श्रमका विषयहरु सुक्ष्म सम्बोधन गर्नुपर्छ । यसमा राष्ट्रिय सहकारी महासंघ र सबै विषयगत केन्द्रीय संघहरुको स्वघोषणा, निर्देशन, अनुगमन र सहजिकरण आवश्यक हुन्छ । सहकारी मर्यादित श्रमको क्षेत्र हो भन्ने तथ्य प्रमाणित गर्न राष्ट्रिय स्तरमा केन्द्रीय निकायहरुको संयुक्त पहलमा कार्यक्रमहरु गरेर ओझेलमा परेको सहकारी नारालाई कार्यान्वयनमा ल्याउन जरुरी छ ।



Leave a comment