काठमाण्डौ । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)को प्रमुख कार्यकारी अधिकृतमा कृष्ण प्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई कास्कून सञ्चालक समितिले ३ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको हो ।
२०६३ सालमा ईलाममा रहेको सहकारीबाट आफ्नो वृत्ति विकास शुरु गरेका आचार्यले सहकारी क्षेत्रमा झण्डै डेढ दशक समय बिताएका छन् । उनले त्यसपछि सिन्धु कण्टेनर साकोस, तातोपानीमा ६ वर्ष, नेफ्स्कूनमा तालिम अधिकृतको रुपमा ३ वर्ष र सामुहिक साकोस, भक्तपुरको सीइओको रुपमा एक वर्ष काम गरिसकेका छन् ।
कास्कूनको सीइओमा नियुक्त भएसँगै उनले कास्कूनका सञ्चालक र व्यवस्थापन पक्षको एउटै सोच बनाएर अघि बढ्ने बताए । कास्कूनमा आवद्ध संस्थाहरुका सबै प्रकारका आवश्यकता पूरा गर्ने प्रतिवद्धता उनले जनाए । शिक्षा, सूचना र तालिमलाई सदस्यमुखी बनाउने, नीति , विधि र प्रविधिमा संस्थाहरुलाई हिँडाउने र जोखिमरहित संस्था बनाउन कास्कूनले भूमिका खेल्ने उनले बताए । हिजोसम्म बचत र ऋणको मात्र सेवा पाइरहेका संस्थाहरुलाई अब नयाँ नयाँ सेवा दिइने आचार्यले जनाए ।
Leave a comment