हाइलाइट

ॐ साई नाग लक्ष्मी सहकारीले ब्याजमा छुट र कोरोना बिमा गरिदिने

ॐ साई नाग लक्ष्मी सहकारीले ब्याजमा छुट र कोरोना बिमा गरिदिने :: Sahakari Akhabar

काठमाण्डौं । महाबौद्धमा रहेको ॐ साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारी र शेयर सदस्यहरुको कोरोना बिमा गर्ने निर्णय गरेको छ । कारोना भाईरस (कोभिड–१९) को संक्रमित दिन प्रतिदिन तिव्र रुपमा बढिरहेको यस असहज परिस्थितिमा संस्थामा कार्यरत कर्मचारी र आवद्ध शेयर सदस्यहरुको स्वास्थ्य सुरक्षाको लागि कर्मचारी, संचालक तथ सदस्यको एक लाख बराबरको कोरोना बिमा गर्ने निर्णय गरिएको हो । सदस्यहरुको बिमाको सहभागीताको आधारमा ५० प्रतिशत प्रिमियम सदस्यले र ५० प्रतिशत  संस्थाले भुक्तानी गर्ने निणर्य भएको संस्थाका ब्यबस्थापक पवन भण्डारीले जानकारी दिए । साथै संस्थाको कर्मचारी तथा संचालक समिति र उपसमितिहरुकोे प्रिमियम शुल्क संस्थालेनै भुक्तानी गर्ने निर्णय भएको ब्यबस्थापक भण्डारीले बताए ।

उनले कोरोना संक्रमणको त्रासलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनको पुर्ण रुपमा पालना गरि सामाजीक दुरी कायम गरि सदस्यहरुलाई हप्ताको ६ दिन वित्तिय सेवा प्रदान गर्दै आएको र संस्थाले सदस्यहरुलाई दैनिक १ लाख देखी ५ लाख सम्म भुक्तानी दिदै आएकोे बताए । संस्थाका ऋणी सदस्यहरुको ब्यापार ब्यबसायमा पनि प्रभाव पर्न गएकोले ऋणी सदस्यहरुले भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज रकम असार २५ गते सम्म भुक्तानी गरेमा लकडाउन अवधिमा भुक्तान गर्नुपर्ने ब्याज रकमको अधिकतम १० प्रतिशत सम्म ब्याज छुट दिनुका साथै उक्त अवधिमा भुक्तान गर्नुपर्ने हर्जना सत प्रतिशत छुट दिने निणर्य भएको ब्यबस्थापक भण्डारीले जानकारी दिए ।
    



Leave a comment