काठमाडौं । कालीमाटीमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई ब्याज र हर्जनामा छुट दिने भएको छ । संस्थाले असार २६ गते सम्म ब्याज बुझाउने सदस्यहरुलाई ७ देखि १० प्रतिशत सम्म छुट दिने र हर्जाना नलिने निर्णय गरेको हो ।
यसैगरी संस्थाले आगामी असार मसान्त सम्मको भुक्तानी हुन बाँकी ब्याजमा छुट तथा हर्जाना मिनाह गर्ने साथै असार मसान्तसम्मको पुरानो ब्याज चुक्ता गरेमा कर्जा नविकरण शुल्कमा शुन्य दशमलव ५ प्रतिशत मात्र लाग्ने जनाएको छ ।
त्यसैगरी श्रावण १ गते देखि लगानी गर्ने कर्जामा १ प्रतिशत ब्याजदर कम हुने संस्थाका प्रवन्धक राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । उनले उक्त अवधिमा कर्जा तथा ब्याज तिर्ने सदस्यलाई हर्जाना मिनाह र कर्जा नविकरण शुल्कमा पनि छुट दिने निणर्य भएको बताए ।
Leave a comment