हाइलाइट

बागमती प्रदेश सहकारीको कार्यालय ललितपुरमा रहने

बागमती प्रदेश सहकारीको कार्यालय ललितपुरमा रहने :: Sahakari Akhabar

काठमाडौं  ।  प्रदेशस्तरीय सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने भएको छ । बागमती प्रदेशको आज प्रस्तुत बजेटले सहकारीको दर्ता तथा नियमनको सहजताका लागि ललितपुरमा कार्यालय स्थापना गर्न आवश्यक व्यवस्था मिलाउने उल्लेख छ । आर्थिक तथा योजनामन्त्री कैलाश ढुंगेलले ललितपुरमा सहकारी कार्यालय स्थापना गर्ने बताएका हुन् ।

प्रदेशको मातहतमा रहेका काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र सहकारीको संख्या दुई हजार भन्दा बढी छन् । ती संस्थाको नियमन गर्न हेटौडाबाट सम्भव नभएकाले उपत्यकामा कार्यालय स्थापना गर्नुपर्ने सहकारीकर्मीले माग गर्दै आएका थिए । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबादुर तामाङले उपत्यकाका सहकार्मीको मागलाई प्रदेश बजेटले सम्बोधन गरेको बताए । उनले उपत्यकामा सहकारी कार्यालय स्थापना भएपश्चात धेरै सहज हुने बताए । उपत्यकामा कार्यालय स्थापना हुँदा सहकारीकर्मीको प्रदेश सरकारसँग नजिकको सम्बन्ध हुने र सहकारीकर्मीकालागि पनि सहज उनले बताए । 



Leave a comment