काठमाडौं । नैकापमा रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले पूर्णकालिन सेवा दिने भएको छ । संस्थाले असार १ गते देखि पूर्णकालिन सेवा दिने जनाएको हो । संस्था बिहान साढे ७ बजे देखि साँझ ७ बजेसम्म दैनिक रुपमा सदस्यलाई वित्तिय लगायत सम्पूर्ण सेवा दिने जनाएको छ ।
नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब सहकारी सहित बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला गर्न भनेसंगै संस्थाले असार १ गते देखि निरन्तर सेवा दिने जनाएको हो । यस अघि लकडाउनको समयमा पनि संस्थाले सम्पर्क ब्यक्ती तोकेर, सिमित समय कार्यालय खोलेरलगायत सेवा दिंदै आएको थियो ।
Leave a comment