टेवा सहकारीले असार २५ सम्म ब्याज बुझाए १० प्रतिशत छुट दिने

टेवा सहकारीले असार २५ सम्म ब्याज बुझाए १० प्रतिशत छुट दिने :: Sahakari Akhabar

ललितपुर । हात्तीवनमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई ब्याज र हर्जनामा छुट दिने भएको छ । संस्थाले असार २५ गते सम्म ब्याज बुझाउने सदस्यहरुलाई तीन देखि १० प्रतिशत सम्म छुट दिने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लकडाउन जारी हुनुअघि फागुन मसान्त सम्म तिर्न बाँकी रहेको सम्पूर्ण ब्याज चुक्ता गर्ने सदस्यलाई संस्थाले पाँच प्रतिशत छुट दिने भएको छ ।

फागनु मसान्त सम्मको बक्यौता ब्याजको ५० प्रतिशत भन्दा बढी बुझाउने सदस्यलाई तीन प्रतिशत छुट दिने जनाएको छ ।यसैगरी संस्थाले लकडाउन जारी भएको महिना चैत्र एक गते देखि आगामी असार मसान्त सम्म पाकेको शतप्रतिशत ब्याज बुझाउने सदस्यलाई यस अवधिको ब्याजमा १० प्रतिशत छुट गरेको छ । चैत्र एक गते देखि आउँदो असार मसान्त सम्म बुझाउनुपर्ने ब्याजको न्यूनतम ५० प्रतिशत ब्याज भुक्तानी गर्ने सदस्यलाई पाँच प्रतिशत छुट दिने जनाएको छ ।



Leave a comment