चन्द्रागिरि साकोसले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने

चन्द्रागिरि साकोसले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले पूर्णकालिन सेवा दिने भएको छ । जेठ ३० गते देखि पूर्णकालिन सेवा दिइरहेको संस्थाले जेठ ३२ गते आईतबार बिहान ८ बजे देखि साँझ ७ बजेसम्म दैनिक रुपमा सदस्यलाई वित्तिय लगायत सम्पूर्ण सेवा दिने संस्थाले जानकारी दिएको छ ।

नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब सहकारी सहित बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला गर्न भनेका थिए । यसअघि एक तिहाइ कर्मचारीहरुमात्रै राखेर बैंक तथा वित्तिय संस्थाहरूले सीमित सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू बन्द थिए । सरकारले शुक्रबारबाट लागु हुनेगरी लकडाउन खुकुलो बनाएको छ ।
 



Leave a comment