नवलपरासी । रजहरमा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको कोरोना बीमा गरीदिन सुरु गरेको छ । संस्थाले जेष्ठ ३० गते सिद्धार्थ इन्स्योरेन्स संगको समन्वयमा २२ जना थप शेयरसदस्यहरुको कोरोनाको बीमा गरेको हो । संस्थाबाट हालसम्म ५० जनाको बिमा गरिसकिएको जनाइएको छ ।
कोरोना संक्रमणका कारणले हुने आर्थिक तथा मानवीय क्षतिपूर्तिका लागि संस्थाले शेयर सदस्यहरुलाई नियमितरुपमा बीमा गरिदिने जनाएको छ । कोरोना बमिा गर्न चाहने सदस्यहरुले संस्थाका जिम्मेवार ब्यक्तीसंग सम्पर्क गर्न सकिने जनाएको छ । सम्पर्क नं. ९८४५२०७९७१, ९८०७४११२४०
Leave a comment