काठमाडौं । सेतीओपीमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले जोखिम न्यूनिकरणको उपाय अवलम्बन गर्दै बन्दाबन्दीका बीचमा पनि सदस्यहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । बन्दाबन्दी शुरु भएको केहि दिनसम्म आंशिक रुपमा कार्यालय खुलेको भएपनि हाल संस्थाले नियमित रुपमा बिहान १० देखि २ बजेसम्म कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको संस्थाका प्रबन्धक खड्कप्रसाद सुब्बाले जानकारी दिए ।
कोरोना भाइरसको कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी ऋणी सदस्यहरुलाई राहतस्वरुप सम्पूर्ण हर्जाना छुट गरिएको र व्याजमा १० प्रतिशत छुट दिइने निणर्य भएको जानकारी दिए । संस्थाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने न्यून आय भएका विपन्न सदस्यहरुलाई नगद राहत तथा सहुलियत ऋण समेत प्रदान गर्ने गरेको उनले बताए ।
आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आएको संस्थाले रेमिटान्स सेवालाई पनि सुचारु गरेको छ । संस्थामा १ हजार ५०० को हाराहारीमा सदस्य रहेका छन् भने २५ करोडको कुल कारोबार गरेको छ । संस्था सञ्चालनका लागि पर्याप्त तरलता रहेको उनले बताए ।
Leave a comment