हाइलाइट

सज्जन महिला साकोसको संयोजनमा ५५ परिवारलाई राहत बितरण

सज्जन महिला साकोसको संयोजनमा ५५ परिवारलाई राहत बितरण :: Sahakari Akhabar

काठमाडौं । महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको सम्योजनमा ५५ परिवारलाई खाद्यान्न वितरण गरेको छ । संस्थाले लकडाउनको ८० औं दिन विपतमा परेका सदस्यहरुलाई दाताहरूबाट सामाग्री संकलन गरी खाद्यान्न लगायतका सामाग्री वितरण गरेको हो ।

संस्थाले काठमाडौं महानगरपालिका वडा ६ कार्यालय बाट १० बोरा चामल, कुञ्जन महतबाट १ बोरा चामल ५ किलो दाल तथा थिरबहादुर तमाङ्द्वारा १ बोरा चामल, बबी अधिकारि बाट १० किलो दाल, शान्ता खड्काबाट १० किलो दाल, रन्जु ढकाल बाट १५ किलो दाल, संचालक समिति सदस्य गीता श्रेष्ठबाट ५० पाकेट नुन  । त्यसैगरी सिक्षा समितिका संयोजक प्रतिभा निरौलाद्वारा २० किलो दाल, सस्थाका सदस्य निलम जोशि बाट २ हजार बिष्णु गुरुङबाट ३० लिटर तेल, समाजसेवी रुद्र बहादुर बराइलीबाट २० लिटर तेल, इन्द्रबहादुर थापाद्वारा ५ हजार, प्रज्वोल ढकालबाट ३ हजार, धर्मसागर ढकालद्वारा ३ हजार साथी समाज २०४८ गौरीघाटबाट ३ हजार संस्थाले संकलन गरेको थियो ।

राहत वितरण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा न ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, सदस्य जयराम पुडासैनी, सज्जन महिला साकोसकी अध्यक्ष सीमा पुरी, उपाध्यक्ष गीता श्रेष्ठ ,सचिव कमला ढुंगाना, संचालक कमला खनाल, लेखा समिति सदस्य चन्द्रमा अधिकारी, ब्यबस्थापक नगीना सिह भन्डारीको सहभागीत रहेको थियो । सस्थाको तर्फबाट पदमा पुरी, शिवराम घिमीरे, लक्ष्मी मगर, गीता खतिवडा, रमिला लामिछाने, बबिता बस्नेत, बसुधा कक्षपति, संस्थाका सदस्य मिन माया भुजेल, मनिषा दुवाल र बिमला ढकालले बितरण तथा प्याकिङ्मा सहयोग पुर्याएका थिए । सस्थाका सदस्य तथा शान्तिनगर, कपन, चाबहिल सेरोफेरो का अत्यन्तै असहज अबस्थामा रहेका ५५ परिवारका सदस्यहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष सीमा पुरीले जानकारी दिइन् । 



Leave a comment