हाइलाइट

गाम्चा साकोसद्धारा कर्मचारीको कोरोना बीमा

गाम्चा साकोसद्धारा कर्मचारीको कोरोना बीमा :: Sahakari Akhabar

भक्तपुर । गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । संस्थाले सगरमाथा इन्स्योरेन्स कम्पनीसंग कोरोना वीमा सम्झौता गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र गतिमा फैलिरहेको बेलामा उच्च मनोवलकासाथ सामाजिक दुरी कायम गरी संस्थाका शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेका संस्थाका कर्मचारीहरुको संस्थाले वीमा गरेको हो । संस्थाले कोरोना वीमा सम्झौता संस्थाका अध्यक्ष विकास खड्का र सगरमाथा इन्स्योरेन्स कम्पनीका अधिकृत गोकर्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।



Leave a comment