हाइलाइट

बज्रबाराही साकोसको क्विक रेस्पोन्स सेवा सुरु 

बज्रबाराही साकोसको क्विक रेस्पोन्स सेवा सुरु  :: Sahakari Akhabar

मकवानपुर । बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाले क्विक रेस्पोन्स (क्यूआर कोड) भुक्तानी सेवा सुरु गरेको छ । सेवाको भर्चुअल रूपमा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले उद्धघाटन गरेकी थिइन् । उनले कोरोना भाइरसको संक्रमण जोखिम भैरहेको वर्तमान अवस्थामा सहकारीले सदस्यलाई प्रविधिसंग जोडेर सेवा दिनु प्रभावकारी हुने बताईन् ।

संस्थाले मंगलबार सदस्यहरुलाई प्रविधिमा पहुँच पुर्याउने, सरल र सहज सेवा प्रवाह गर्ने उद्धेश्यले क्यूआर कोड भुक्तानी सेवाको सुरुवात गरेको संस्थाका व्यवस्थापक रन्जित अर्यालले बताए । उनले संस्थाले विगत तीन वर्ष अघिदेखि मोबाईल बैंकिङ मार्फत सेवा दिइरहेको र सदस्यलाई थप क्यूआर कोड भुक्तानी सेवाको सुरुवात गरेको जानकारी दिएका छन् ।

संस्थाले क्युआर कोड भुक्तानी सेवामार्फत सदस्यलाई घरबाटै सेवा लिन सजिलो हुने व्यवस्थापक अर्यालको भनाई छ । संस्थाले ०७४ साल देखिनै सदस्यलाई डिजिटल कारोबार गर्दै आएको र अनलाइन बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउन तथा सदस्यहरुलाई प्रविधिको प्रयोग गराउँदै, गाउँलाई शहरसंग जोडेर अगाडी वढ्न सहज हुने उनको भनाई छ ।



Leave a comment