काभ्रे । तीनदोबाटोमा रहेको उग्रतीर्थ बचत तथा ऋण सहकारी संस्थाले कर्जाको साँवा र ब्याज तिर्ने सदस्यलाई एकलाखको कोरोना बीमा गरिदिने भएको छ ।
संस्थाले कर्मचारी तथा संचालक लगायतको एक लाखको कोरोना बीमा गरिसकिएको संस्थाका कार्यकारी अध्यक्ष शान्तमणि रिजालले जानकारी दिए । उनले संस्थाका निम्न आय भएका सदस्यहरुलाई खाद्यन्न लगायत सामाग्री सहयोग गरेको समेत जानकारी दिए ।
संस्थाले नेपालमा पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उद्देश्यले स्थापना भएको बनेपा नगरपालिकाको विपत व्यवस्थापन कोषमा २० बोरा चामल, एक बोरा नुन, चार कार्टुन तेल तथा एक बाकस साबुन लगायतको सामाग्री राहत दिएको बताए ।
संस्थाको कार्यालय सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने र प्रति ब्यक्ती एक लाखसम्म बचत फिर्ता गर्ने गरेको कार्यकारी अध्यक्ष रिजालले जानकारी दिए ।
Leave a comment