हाइलाइट

चाइना ट्रेड सहकारीले नियमित कार्यालय खोल्ने

चाइना ट्रेड सहकारीले नियमित कार्यालय खोल्ने :: Sahakari Akhabar

काठमाडौं । महाबौद्धमा रहेको चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले नियमित कार्यालय खोली सेवा दिने जनाएको छ । संस्थाले जेष्ठ २५ गते देखि कार्यालय खोली बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दैनिक सेवा दिने जनाएको हो ।

यस अघि संस्थाले सम्पर्क ब्यक्ती तोकेर तथा डिजिटल बैंकिङ मार्फत सदस्यलाई सेवा दिंदै आएको थियो । सदस्यहरुलाई सुरक्षित रहँदै संस्थाबाट बैंकिङ लगायतका सेवा लिन संस्थाले आग्रह गरेको छ । 
 



Leave a comment